खाना पकाउने ग्यासको अभाव कायमै
नवलपुर, कात्तिक १९ । खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुँदै गएको नेपाल आयल निगमले दाबी गरे पनि उपभोक्ताको सास्ती अझै हट्न सकेको छैन ।
महिनौँदेखि ग्यासको प्रतीक्षामा रहेका उपभोक्ता पसल र डिलर धाउन बाध्य छन् ।
तीन महिनादेखि ग्यास पाउन नसकेको भक्तपुरकी सविना बोहजुले गुनासो गर्नुभएको छ । बजारमा ग्यास सहजै पाइन्छ भन्ने सुने पनि आफूले अहिलेसम्म नपाएको उहाँको भनाइ छ ।
अर्का उपभोक्ता सुनील दुवालले पनि ग्यासको समस्या भोग्नुपरेको बताउनुभएको छ । ग्यासका लागि पसलमा नाम टिपाएको लामो समय भइसक्दा पनि पाउन नसकेको उहाँको गुनासो छ । पैसा तिर्दा पनि एउटा सिलिन्डर नपाउनु कस्तो अवस्था हो रु उहाँको प्रश्न छ ।
विशेषगरी लामो समयदेखि एउटै सिलिन्डर प्रयोग गर्दै आएका परिवारलाई ग्यास सकिएपछि तत्काल अर्को व्यवस्था गर्न कठिन हुने गरेको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जिल्लामा ग्यासको आपूर्ति सहज भइसकेको दाबी गर्नुभयो । कुनै एउटा कम्पनीको ग्यास नपाएको अवस्थामा उपभोक्ताले अर्को कम्पनीको डिलरबाट सिलिन्डर साटेर पनि ग्यास लिन सक्ने उहाँको भनाइ छ ।
प्रशासनले आपूर्ति सहज भएको दाबी गरे पनि उपभोक्ताले ग्यास पाउन नसकेको गुनासो गरिरहेका छन् ।

सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री शाहको ‘ब्रिफिङ’
नवलपुर, कात्तिक १९ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिनुभएको छ

नागरिकले प्रहरीसँग भरोसा गरून्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : आईजीपी केसी
नवलपुर,कात्तिक १९ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सधैँ सर्वोपरि राख्ने प्रतिबद्धता

भोटेकोशी बाढीमा बेपत्ता तथा मृतकको पहिचान व्यवस्थित गर्न विशेष टोली गठन
नवलपुर, कात्तिक १८ । सरकारले भोटेकोशी बाढीमा बेपत्ता तथा ज्यान गुमाएकाहरूको पहिचान व्यवस्थित गर्न विशेष टोली गठन गरेको छ । संसदीय समितिको बैठकमा









प्रतिकृया दिनुहोस