-->

एकै खेलमा ५१ वटा रातो कार्ड, बन्यो विश्व कीर्तिमान

Nawalpurfm

नवलपुर, कात्तिक १९ । ब्राजिलमा भएको २० वर्षमुनिको फुटबल खेलमा रेफ्रीले ५१ जनालाई रातो कार्ड देखाएर विश्व कीर्तिमान कायम भएको छ ।

ब्राजिलको मिनास जेराइस राज्यको युथ च्याम्पियनशिप अन्तर्गत उबरल्यान्डिया र मामोरेबीचको खेलमा रेफ्रीले कीर्तिमानी सङ्ख्यामा रातो कार्ड देखाएका हुन् ।

रेफ्रीले मैदानभित्र र बाहिर रहेका ४३ जना खेलाडी तथा ८ जना कोचिङ स्टाफ गरी ५१ जनालाई रातो कार्ड दिएका बीबीसीले जनाएको छ ।

खेलको दोस्रो हाफमा मामोरे टोली ३–१ ले अघि परेपछि उनका खेलाडी डाभीले विपक्षी टोलीको बेन्चतर्फ फर्केर गिज्याउने र जिस्काउने इसारा गरेका थिए । त्यसपछि उबेरल्यान्डियाका गोलकिपिङ कोच मैदानभित्र पसेर उनलाई धकेलेपछि दुवै टोलीका खेलाडी र स्टाफहरूबीच कुटाकुट तथा कुर्सी र स्ट्रेचरसमेत हानाहान भएको खबरमा उल्लेख छ ।

स्थिति नियन्त्रणबाहिर गएपछि रङ्गशाला र भौतिक संरचनाको क्षति रोक्न सैन्य पुलिसलाई नै मैदानमा बोलाउनुपरेको थियो । यसपछि खेल रद्द गरिएको थियो ।

यसअघि सन् २०११ मा अर्जेन्टिनाको पाँचौँ डिभिजनको खेलमा रेफ्रीले ३६ वटा रातो कार्ड देखाएका थिए ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

एनपीएलःजनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत

नवलपुर, कात्तिक १९। नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले हराउँदै तेस्रो जीत हासिल गरेको छ । लुम्बिनीले दिएको

Nawalpurfm

एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमाण्डौ खेल्दै

नवलपुर,कात्तिक १९ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई वटा खेल हुँदैछन् । त्रिवि क्रिकेट रंगशालामा आजको पहिलो खेल दिउँसो साढे १२ बजे जनकपुर बोल्ट्स

Nawalpurfm

कर्णालीमा अनुबन्ध डेभिड मिलर आज काठमाण्डौ आउँदै

नवलपुर,कात्तिक १८ । नेपाल प्रिमियर लिग (एनपीएल) को टोली कर्णाली याक्समा अनुबन्ध दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर आज नेपाल आउने भएका छन्

↑