-->

एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमाण्डौ खेल्दै

Nawalpurfm

नवलपुर,कात्तिक १९ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई वटा खेल हुँदैछन् ।

त्रिवि क्रिकेट रंगशालामा आजको पहिलो खेल दिउँसो साढे १२ बजे जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच हुँदैछ । लुम्बिनी ३ खेलमा २ मा जीत र १ मा नतिजाविहीन हुँदै ५ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

४ खेल खेलेको जनकपुर २ खेलमा जीत र २ खेलमा हारसहित चौथो स्थानमा छ ।

यस्तै आजको दोस्रो खेल बेलुका ५ बजे विराटनगर किङ्ग्स र काठमाण्डौ गोर्खाजबीच हुनेछ । विराटनगर ४ खेलमा २ जीत र २ मा हारसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ ।

काठमाण्डौ २ खेलमा १ मा जीत र १ खेलमा हारसहित सातौँ स्थानमा छ । अहिलेसम्म सबै टोलीले कम्तीमा २ वटा खेल खेलिसकेका छन् । पोखरा एभेन्जर्स लगातार तेस्रो हारसहित तालिकाको पुछारमा छ ।

आठ वटा टोली सहभागी तेस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

एनपीएलःजनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत

नवलपुर, कात्तिक १९। नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले हराउँदै तेस्रो जीत हासिल गरेको छ । लुम्बिनीले दिएको

Nawalpurfm

एकै खेलमा ५१ वटा रातो कार्ड, बन्यो विश्व कीर्तिमान

नवलपुर, कात्तिक १९ । ब्राजिलमा भएको २० वर्षमुनिको फुटबल खेलमा रेफ्रीले ५१ जनालाई रातो कार्ड देखाएर विश्व कीर्तिमान कायम भएको छ । ब्राजिलको मिनास

Nawalpurfm

कर्णालीमा अनुबन्ध डेभिड मिलर आज काठमाण्डौ आउँदै

नवलपुर,कात्तिक १८ । नेपाल प्रिमियर लिग (एनपीएल) को टोली कर्णाली याक्समा अनुबन्ध दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर आज नेपाल आउने भएका छन्

↑