-->

वर्षाले खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा, नेपाल बाहिरियो

Nawalpurfm

नवलपुर, असोज १३ । जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएको छ ।

श्रीलंका र नेपालबीच बिहान पौने ६ बजेदेखि हुने तय भएको खेल लगातारको वर्षाले रद्द भएको हो । खेल रद्द भएसँगै वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा पुगेको छ ।नेपालको यात्रा भने क्वाटरफाइनलबाटै सकिएको छ ।

नेपालले समूह चरणमा अफगानिस्तानलाई हराएको थियो भने जापानसँगको खेल नतिजाविहीन भएपछि समूह विजेताका रूपमा क्वाटरफाइनलमा स्थान बनाएको थियो ।
यसअघि सन् २०१०, २०१४ र २०२२ को एसियन गेम्समा पनि क्वाटरफाइनलबाटै बाहिरिएको नेपाल यसपटक पनि त्यहाँबाट अगाडि बढ्न सकेन ।

यसअघि हङकङ र पाकिस्तान तथा भारत र अफगानिस्तानबीचको खेल पनि वर्षाले रद्द हुँदा पाकिस्तान र भारत अगाडि बढेका थिए ।

अन्तिम क्वाटरफाइनलमा आजै पौने ११ बजे मलेसिया र बंगलादेशबीच खेल हुने तय छ । उक्त खेल पनि वर्षाले रद्द हुने सम्भावना छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

नेपाल र जापानबीचको खेल नतिजाविहीन, नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा

नवलपुर,असोज १० । जापानमा चलिरहेको २०औं एशियन खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र जापानबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ । यो नतिजासँगै

Nawalpurfm

टी–२० वरियतामा नेपालको दुई स्थान सुधार

नवलपुर, असोज ९ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी–२० वरियतामा सुधार गरेको छ । शुक्रबार २०औँ

Nawalpurfm

एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमिफाइनल नेपालले आज भारतसँग खेल्ने

नवलपुर,असोज ९ । जापानमा चलिरहेको २० औँ एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीको सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भारतबीचको

↑