टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
नवलपुर, असोज ९ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी–२० वरियतामा सुधार गरेको छ ।
शुक्रबार २०औँ एसियाली खेलकुदअन्तर्गत टेष्ट टोली अफगानिस्तानविरुद्ध पाँच विकेटको जित निकाल्दै आइसिसीले ताजा वरियता सार्वजनिक गर्दा नेपालले दुई स्थान सुधार गरेको हो ।
नेपाल अब टी–२० अन्तरराष्ट्रिय वरियताको चौधौ स्थानमा उक्लिएको छ । यसअघि नेपाल वरियताको सोह्रौँ स्थानमा थियो । नेपालविरुद्धको हारले अफगानिस्तान नवौँबाट दशौँ स्थानमा झरेको हो ।
शुक्रबारको खेलमा नेपालले अफगानिस्तानविरुद्ध ब्याटिङ र बलिङ दुवै विधामा उत्कृष्ट प्रदर्शन गर्यो । यो जितपछि नेपालको क्वार्टरफाइनल सम्भावना बलियो बनेको छ । नेपालले अब समूह चरणको अन्तिम खेलमा शनिबार आयोजक जापानविरुद्ध खेल्ने तालिका छ । रासस

नेपाल र जापानबीचको खेल नतिजाविहीन, नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा
नवलपुर,असोज १० । जापानमा चलिरहेको २०औं एशियन खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र जापानबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ । यो नतिजासँगै

एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमिफाइनल नेपालले आज भारतसँग खेल्ने
नवलपुर,असोज ९ । जापानमा चलिरहेको २० औँ एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीको सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भारतबीचको

कावासोतीमा विश्व पर्यटन दिवसको अवसरमा साइकल दौड प्रतियोगिता हुँदै
नवलपुर, असोज ८ । कावासोतीमा विश्व पर्यटन दिवसको अवसर पारेर साइकल दौड प्रतियोगिता आयोजना हुने भएको छ। खेलकुदसँगै स्थानीय पर्यटकीय क्षेत्रको








.2026-09-28-08-06-21.jpeg)
प्रतिकृया दिनुहोस