-->

विपद्को जोखिमलाई मध्यनजर गर्दै नवलपुरका स्थानीय तहमा असोज ९ गते बिदा

Nawalpurfm

नवलपुर, असोज ८ । विपद्को जोखिमलाई मध्यनजर गर्दै नवलपुरका पाँच स्थानीय तहले असोज ९ गते शुक्रबार एक दिन विद्यालय तथा शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका छन्।

विनयी त्रिवेणी गाउँपालिका, देवचुली नगरपालिका, गैँडाकोट नगरपालिका, मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाले आफ्ना क्षेत्रभित्रका सम्पूर्ण विद्यालय तथा शैक्षिक संस्थामा एक दिन बिदा दिने निर्णय गरेका हुन्।

पालिकास्तरीय विपद् व्यवस्थापन समितिको २०८३/०६/०८ गते बसेको बैठकको निर्णयअनुसार शैक्षिक पात्रोमा व्यवस्था गरिएको आपतकालीन बिदाबाट मिलान हुने गरी असोज ९ गते विद्यालय तथा शैक्षिक संस्थामा बिदा दिने निर्णय गरिएको सम्बन्धित स्थानीय तहहरूले जनाएका छन्।

सम्बन्धित स्थानीय तहहरूले विद्यालय तथा शैक्षिक संस्थालाई बिदासम्बन्धी जानकारी गराउँदै विपद्को समयमा बालबालिकालाई आफ्ना अभिभावकसँग सुरक्षित रहने वातावरण बनाउन आवश्यक सहयोग तथा सहजीकरण गर्न आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस
Nawalpurfm

नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहको १६औँ वार्षिक साधारणसभा सम्पन्न

विमा गाहा मगर । नवलपुर, असोज १२ । नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहको १६औँ वार्षिक साधारणसभा सोमबार समूहकै परिसरमा सम्पन्न भएको छ। संस्थाका

Nawalpurfm

१५औँ महाधिवेशनमा नवलपुर क्षेत्र नं. १(ख) बाट युवा खुलातर्फ पवन भुर्तेलको उम्मेदवारी

नवलपुर,असोज १२ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपुर क्षेत्र नं. १(ख) बाट पवन भुर्तेलले प्रदेश प्रतिनिधि पदमा युवा खुलातर्फ उम्मेदवारी

Nawalpurfm

देवचुलीमा शुक्रबारदेखि बेपत्ता पुलामी नहरमा मृत फेला

नवलपुर,असोज ११ । देवचुली नगरपालिका–१२ जनबस्तीका ६७ वर्षीय दिलबहादुर पुलामी शुक्रबारदेखि   बेपत्ता भएपछि खोजी गर्ने क्रममा मृत फेला परेका

↑