देवचुलीमा शुक्रबारदेखि बेपत्ता पुलामी नहरमा मृत फेला
नवलपुर,असोज ११ । देवचुली नगरपालिका–१२ जनबस्तीका ६७ वर्षीय दिलबहादुर पुलामी शुक्रबारदेखि बेपत्ता भएपछि खोजी गर्ने क्रममा मृत फेला परेका छन्।
शुक्रबारदेखि परिवारको सम्पर्कमा नरहेका पुलामीको खोजी भइरहेको थियो। आइतबार देवचुली–११ स्थित बुद्धटोलको सिरानमा रहेको देउसत नहर सफा गर्ने क्रममा स्थानीयवासीले उनको शव फेला पारेका हुन्।
नहरमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेका अस्थायी प्रहरी चौकी दलदलेका प्रहरी, देवचुली नगरपालिकाको टोली र स्थानीयवासीको सहयोगमा शव नहरबाट बाहिर निकालिएको थियो।
प्रहरी र स्थानीयले शवको पहिचान गरेपछि परिवारलाई घटनाबारे जानकारी गराइएको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको देवचुली नगरपालिकाका नगर प्रमुखका स्वकीय सचिव सागर न्यौपानेले जानकारी दिनुभयो।
पुलामी नहरमा कसरी पुगे भन्ने विषय खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहको १६औँ वार्षिक साधारणसभा सम्पन्न
विमा गाहा मगर । नवलपुर, असोज १२ । नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहको १६औँ वार्षिक साधारणसभा सोमबार समूहकै परिसरमा सम्पन्न भएको छ। संस्थाका
.2026-09-28-08-06-21.jpeg)
१५औँ महाधिवेशनमा नवलपुर क्षेत्र नं. १(ख) बाट युवा खुलातर्फ पवन भुर्तेलको उम्मेदवारी
नवलपुर,असोज १२ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपुर क्षेत्र नं. १(ख) बाट पवन भुर्तेलले प्रदेश प्रतिनिधि पदमा युवा खुलातर्फ उम्मेदवारी

नवलपुर उद्योग वाणिज्य संघद्वारा २१ औं स्थापना दिवसमा खाद्यान्न हस्तान्तरण
नवलपुर,असोज, १० । नवलपुर उद्योग वाणिज्य संघ, नवलपुरले आफ्नो २१ औं स्थापना दिवस विभिन्न सामाजिक संघ-संस्थाहरूलाई खाद्यान्न हस्तान्तरण गरी रचनात्मक





प्रतिकृया दिनुहोस