-->

नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहको १६औँ वार्षिक साधारणसभा सम्पन्न

Nawalpurfm

विमा गाहा मगर । नवलपुर, असोज १२ । नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहको १६औँ वार्षिक साधारणसभा सोमबार समूहकै परिसरमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष टंकप्रसाद काफ्लेको अध्यक्षता तथा पूर्वमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य रोशनबहादुर गाहाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा संस्थाका अध्यक्ष टंकप्रसाद काफ्लेले संस्थाले हालसम्म गरेका विभिन्न गतिविधि तथा प्रगतिको विवरण प्रस्तुत गर्नुभएको थियो। उहाँले सामुदायिक वनको संरक्षण तथा विकाससँगै सामाजिक क्षेत्रमा संस्थाले गर्दै आएका विभिन्न कार्यबारे जानकारी गराउनुभयो। वन संरक्षण र विकासका अतिरिक्त ज्येष्ठ नागरिक तथा एकल महिलालाई सम्मान तथा सहयोग गर्दै आएको उहाँले बताउनुभयो।

अध्यक्ष काफ्लेले संस्थाले आगामी दिनमा सञ्चालन गर्ने विभिन्न कार्यक्रम तथा योजनाका बारेमा समेत जानकारी गराउँदै सामुदायिक वनको संरक्षण, विकास र सामाजिक उत्तरदायित्वका क्षेत्रमा थप प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रोशनबहादुर गाहाले नवदुर्गा सामुदायिक वन उपभोक्ता समूहले विगतदेखि गर्दै आएका कामको प्रशंसा गर्नुभयो। संस्थाले निरन्तर रूपमा गर्दै आएको सकारात्मक कार्यको परिणामस्वरूप आजको अवस्थामा आइपुग्न सफल भएको उहाँले बताउनुभयो।

गाहाले समाजमा असल व्यक्तिले नेतृत्व गर्न सके समाजलाई पनि असल दिशातर्फ अघि बढाउन सकिने धारणा व्यक्त गर्नुभयो। जुनसुकै राजनीतिक दलमा आबद्ध भए पनि आफ्नो जीवनकालमा समाजका लागि सकारात्मक र रचनात्मक काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। साथै, सबैको सुझाव सुन्ने तर अन्तिम निर्णय आफैंले विवेकपूर्ण ढंगले गरी राम्रो सुझावलाई मात्र आत्मसात् गर्नुपर्ने उहाँको भनाइ थियो।

यसैगरी, कार्यक्रममा संस्थाका कोषाध्यक्ष नेत्रप्रसाद काफ्लेले संस्थाको आय–व्यय तथा खर्चसम्बन्धी आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो।

संस्थाकी उपाध्यक्ष थानिसरा थापा सारुले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारी, संस्थाका पूर्वअध्यक्ष, विभिन्न सामुदायिक वन तथा संघसंस्थाका प्रतिनिधि, वन उपभोक्ता समूहका पदाधिकारी तथा सदस्यलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस
Nawalpurfm

१५औँ महाधिवेशनमा नवलपुर क्षेत्र नं. १(ख) बाट युवा खुलातर्फ पवन भुर्तेलको उम्मेदवारी

नवलपुर,असोज १२ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपुर क्षेत्र नं. १(ख) बाट पवन भुर्तेलले प्रदेश प्रतिनिधि पदमा युवा खुलातर्फ उम्मेदवारी

Nawalpurfm

देवचुलीमा शुक्रबारदेखि बेपत्ता पुलामी नहरमा मृत फेला

नवलपुर,असोज ११ । देवचुली नगरपालिका–१२ जनबस्तीका ६७ वर्षीय दिलबहादुर पुलामी शुक्रबारदेखि   बेपत्ता भएपछि खोजी गर्ने क्रममा मृत फेला परेका

Nawalpurfm

नवलपुर उद्योग वाणिज्य संघद्वारा २१ औं स्थापना दिवसमा खाद्यान्न हस्तान्तरण

नवलपुर,असोज, १० । नवलपुर उद्योग वाणिज्य संघ, नवलपुरले आफ्नो २१ औं स्थापना दिवस विभिन्न सामाजिक संघ-संस्थाहरूलाई खाद्यान्न हस्तान्तरण गरी रचनात्मक

↑