-->

कांग्रेस गैंडाकोट नगर सभापतिमा खेमराज सापकोटा सर्वसम्मत

Nawalpurfm

नवलपुर, असोज ९ । नेपाली कांग्रेस गैंडाकोट नगर सभापतिमा खेमराज सापकोटा सर्वसम्मत चयन भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नगर समितिको अधिवेशनबाट सापकोटा सभापतिमा सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट गोविन्दप्रसाद घिमिरे र तुलसी गैरे सुवेदी उपसभापति, हर्कबहादुर घर्ती सचिव तथा रत्नबहादुर बोहोरा सहसचिवमा सर्वसम्मत चयन भएका छन् । ३५ वर्षमुनिको युवा समूहबाट आशिका कोइराला, दिपेश नेपाली र विकल सापकोटा चयन भए भने दलित महिलातर्फ निर्मला रामदाम र दलित खुलातर्फ भद्रबहादुर दमाई निर्वाचित भएका छन् ।


नगर कार्यसमितिमा गैंडाकोट नगरपालिकाका विभिन्न वडाबाट प्रतिनिधित्व हुने गरी सदस्यहरू चयन गरिएको छ । वडा नं. १ बाट देवीकला सापकोटा कँडेल र शेखरनाथ पोखरेल, वडा नं. २ बाट पार्वतीदेवी शर्मा गौडेल र गोपालप्रसाद अधिकारी, वडा नं.३ बाट टेकप्रसाद रिमाल तथा वडा नं.४ बाट मञ्जुदेवी शर्मा र दीपक रिमाल चयन भएका छन् ।


त्यस्तैगरी, वडा नं. ५ बाट वी. कँडेल सापकोटा र राजेन्द्र अधिकारी, वडा नं.६ बाट मायादेवी ठकुरी र मोतीप्रसाद अधिकारी, वडा नं. ७ बाट देवीकला सापकोटा कँडेल र उमनाथ शर्मा तथा वडा नं.८ बाट विष्णुकुमारी मल्ल रिमाल र द्रोणराज सापकोटा निर्वाचीत भएका छन् । त्यस्तै, वडा नं. ९ बाट गमता भट्टराई पाण्डे र नन्दलाल कँडेल, वडा नं.१० बाट अन्जु श्रेष्ठ र रामचन्द्र काफ्ले, वडा नं. ११ बाट भोजबहादुर महतो तथा वडा नं. १२ बाट अमृता पौडेल र सुरेन्द्र ढुंगाना, वडा नं.१३ बाट लोकमाया खत्री र गोकुलप्रसाद पौडेल, वडा नं. १४ बाट जुक्तकुमारी पौडेल र भीमप्रसाद रेग्मी, वडा नं. १५ बाट सरस्वती तिमिल्सिना र विजय खराल तथा वडा नं. १७ बाट तुलकुमारी थापा र अम्बिका भट्टराई निर्वाचित भएका छन् ।

वडा नं.१८ बाट टंकमाया सोती र लालसिं सारु सदस्यमा चयन भएका छन् ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहको १६औँ वार्षिक साधारणसभा सम्पन्न

विमा गाहा मगर । नवलपुर, असोज १२ । नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहको १६औँ वार्षिक साधारणसभा सोमबार समूहकै परिसरमा सम्पन्न भएको छ। संस्थाका

Nawalpurfm

१५औँ महाधिवेशनमा नवलपुर क्षेत्र नं. १(ख) बाट युवा खुलातर्फ पवन भुर्तेलको उम्मेदवारी

नवलपुर,असोज १२ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपुर क्षेत्र नं. १(ख) बाट पवन भुर्तेलले प्रदेश प्रतिनिधि पदमा युवा खुलातर्फ उम्मेदवारी

Nawalpurfm

देवचुलीमा शुक्रबारदेखि बेपत्ता पुलामी नहरमा मृत फेला

नवलपुर,असोज ११ । देवचुली नगरपालिका–१२ जनबस्तीका ६७ वर्षीय दिलबहादुर पुलामी शुक्रबारदेखि   बेपत्ता भएपछि खोजी गर्ने क्रममा मृत फेला परेका

↑