नवलपुर उद्योग वाणिज्य संघद्वारा २१ औं स्थापना दिवसमा खाद्यान्न हस्तान्तरण
नवलपुर,असोज, १० । नवलपुर उद्योग वाणिज्य संघ, नवलपुरले आफ्नो २१ औं स्थापना दिवस विभिन्न सामाजिक संघ-संस्थाहरूलाई खाद्यान्न हस्तान्तरण गरी रचनात्मक रूपमा मनाएको छ।संघले स्थापना दिवसको अवसर पारेर कावासोती-८ मा रहेको अपाङ्ग पुनर्स्थापना केन्द्र, जिल्लाकै एक मात्र दृष्टिविहीन विद्यार्थीहरू अध्ययनरत विद्यालय जनता माध्यमिक विद्यालय, कावासोती-१० मगरकोट र कावासोती-१२ मा अवस्थित लक्ष्मीनारायण मन्दिर तथा वृद्ध आश्रममा खाद्यान्न सामग्रीहरू हस्तान्तरण गरेको हो।खाद्यान्न हस्तान्तरण कार्यक्रममा बोल्दै नवलपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्षद्वय डासुराज पोख्रेल र ओम पौडेल तथा वर्तमान अध्यक्ष सागर पोख्रेलले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना दिवसको अवसरमा जिल्लाका विभिन्न सेवामुखी संस्थाहरूलाई सहयोग गरिएको बताउनुभयो। सो अवसरमा उहाँहरूले नवलपुर क्षेत्रमा उद्योगी व्यवसायीहरूको हकहित, संरक्षण र प्रवर्द्धन गर्दै संस्था स्थापना गर्न महत्त्वपूर्ण योगदान पुर्याउनुहुने सम्पूर्ण अग्रजहरूप्रति आभार प्रकट गर्दै स्थापना दिवसको हार्दिक शुभकामना व्यक्त गर्नुभयो।कार्यक्रममा संघका पदाधिकारीहरू तथा कार्यसमितिका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।विगतको इतिहासलाई हेर्दा, वि.सं. २०६३ साल असोज १० गते साविक नवलपरासी जिल्लाको नवलपुर क्षेत्रका उद्योगी व्यवसायीहरूको विशेष पहलमा यस संघको जिल्ला प्रशासन कार्यालय नवलपरासीबाट विधिवत दर्ता भएको थियो। मुलुक संघीयतामा गएसँगै नवलपरासी जिल्ला (पूर्वी र पश्चिमी) दुई भागमा विभाजन भएपछि देशकै कान्छो जिल्ला (नवलपुर) को सदरमुकाम कावासोतीमा केन्द्रीय कार्यालय रहेको यस नवलपुर उद्योग वाणिज्य संघ हाल जिल्लाकै सबैभन्दा पुरानो र प्रतिष्ठित व्यावसायिक संगठनको रूपमा स्थापित छ।

नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहको १६औँ वार्षिक साधारणसभा सम्पन्न
विमा गाहा मगर । नवलपुर, असोज १२ । नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहको १६औँ वार्षिक साधारणसभा सोमबार समूहकै परिसरमा सम्पन्न भएको छ। संस्थाका
.2026-09-28-08-06-21.jpeg)
१५औँ महाधिवेशनमा नवलपुर क्षेत्र नं. १(ख) बाट युवा खुलातर्फ पवन भुर्तेलको उम्मेदवारी
नवलपुर,असोज १२ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपुर क्षेत्र नं. १(ख) बाट पवन भुर्तेलले प्रदेश प्रतिनिधि पदमा युवा खुलातर्फ उम्मेदवारी

देवचुलीमा शुक्रबारदेखि बेपत्ता पुलामी नहरमा मृत फेला
नवलपुर,असोज ११ । देवचुली नगरपालिका–१२ जनबस्तीका ६७ वर्षीय दिलबहादुर पुलामी शुक्रबारदेखि बेपत्ता भएपछि खोजी गर्ने क्रममा मृत फेला परेका





प्रतिकृया दिनुहोस