बाढी–डुबानको समस्या समाधान गर्न सांसद मनिष खनालको माग
नवलपुर,असोज १२ । अविरल वर्षाका कारण नारायणी नदीमा आएको उच्च बहावले नवलपुरको जनजीवन अस्तव्यस्त बनेको छ ।
बाढीका कारण सुस्ता गाउँसहित विभिन्न क्षेत्र डुबानमा परेपछि ११ सयभन्दा बढी नागरिक विस्थापित भएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले बाढी प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनु भयो ।
सांसद खनालले नारायणीको बहाव उच्च हुँदा अमलटारी, सेरी, तमासपुर र बहुवन क्षेत्र उच्च जोखिममा परेको र सिङ्गो सुस्ता गाउँ नै डुबानको चपेटामा परेको जानकारी दिनुभयो । स्थानीय प्रशासनले २३५ घरधुरीका ११ सय नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरे पनि पानीको सतह घटेपछि पनि विस्थापितहरू अझै घर फर्कने अवस्था नरहेको उहाँले बताउनु भयो ।
सांसद खनालले भन्नुभयो, ‘नदी तटीय क्षेत्रमा बाढी र डुबानले पु¥याएको क्षतिको गम्भीर समीक्षा गर्दै सरकारले तत्काल राहतको प्याकेज घोषणा गरोस् । साथै, यसको दीर्घकालीन समाधानका लागि विगतमा सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजनाले तयार पारेको कटान नियन्त्रणसम्बन्धी अध्ययन प्रतिवेदन तत्काल ऊर्जा मन्त्रालयबाट झिकाई कार्यान्वयन गर्न जरुरी छ ।’
बाढीका कारण कालीगण्डकी करिडोरमा पुगेको क्षति र बौदीकाली गाउँपालिका जोड्ने झोलुङ्गे तथा पक्की पुलमा भएको क्षतिले नागरिकको आवतजावत ठप्प भएको उहाँले बताउनु भयो । यसका साथै बौदीकाली–४, ऋचाङको मौलाथरमा गएको पहिरोले पु¥याएको क्षतिप्रति पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो । प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन पूर्वतयारी र विस्तृत अध्ययनको खाँचो रहेको खनालको भनाइ छ ।

नारायणीको बाढीले बगाएको गैँडा सुस्तामा भेटियो
नवलपुर, असोज १२ । नारायणी नदीमा आएको भीषण बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जबाट बगेको एउटा गैँडा नवलपरासीको सुस्तामा भेटिएको छ । सुस्ता

पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण : विपक्षीद्वारा संसद्मा सरकारकाे कडा विराेध
नवलपुर,असोज १२ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको विषयलाई लिएर विपक्षी दलहरूले संसद्मा सरकारसँग जवाफ मागेका

थुनिएको मर्स्याङ्दी नदी क्रमशः खुल्दै
नवलपुर,असोज १२ । अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी र बालुवा थुप्रिएपछि तातोपानी क्षेत्रमा थुनिएको मर्स्याङ्दी







.2026-09-28-08-06-21.jpeg)
प्रतिकृया दिनुहोस