-->

नारायणीको बाढीले बगाएको गैँडा सुस्तामा भेटियो

Nawalpurfm

नवलपुर, असोज १२ । नारायणी नदीमा आएको भीषण बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जबाट बगेको एउटा गैँडा नवलपरासीको सुस्तामा भेटिएको छ ।

सुस्ता गाउँपालिका–४ मा आज बिहान झन्डै ५ वर्षको गैँडा फेला परेको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गैँडाको निरन्तर निगरानी भइरहेको छ र उसलाई समातेर सुरक्षित रूपमा निकुञ्ज फर्काउने तयारी भइरहेको छ ।

भौगोलिक जटिलताका कारण भारतीय बाटो वा डुङ्गा प्रयोग गरी गैँडाको उद्धार गरिएको  हो  । बाढीले अन्य वन्यजन्तुलाई पनि भारततर्फ पुर्‍याएको हुन सक्ने अनुमान छ ।

यसअघि २०७४ सालको ठूलो बाढीमा बगेर भारत पुगेका १२ वटा गैँडाको सफल उद्धार गरिएको थियो । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण : विपक्षीद्वारा संसद‍्मा सरकारकाे कडा विराेध

नवलपुर,असोज १२ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको विषयलाई लिएर विपक्षी दलहरूले संसद‍्मा सरकारसँग जवाफ मागेका

Nawalpurfm

बाढी–डुबानको समस्या समाधान गर्न सांसद मनिष खनालको माग

नवलपुर,असोज १२ । अविरल वर्षाका कारण नारायणी नदीमा आएको उच्च बहावले नवलपुरको जनजीवन अस्तव्यस्त बनेको छ । बाढीका कारण सुस्ता गाउँसहित विभिन्न क्षेत्र

Nawalpurfm

थुनिएको मर्स्याङ्दी नदी क्रमशः खुल्दै

नवलपुर,असोज १२ । अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी र बालुवा थुप्रिएपछि तातोपानी क्षेत्रमा थुनिएको मर्स्याङ्दी

↑