कावासोतीमा विश्व पर्यटन दिवसको अवसरमा साइकल दौड प्रतियोगिता हुँदै
नवलपुर, असोज ८ । कावासोतीमा विश्व पर्यटन दिवसको अवसर पारेर साइकल दौड प्रतियोगिता आयोजना हुने भएको छ। खेलकुदसँगै स्थानीय पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले कावासोती नगरपालिकाको आयोजनामा प्रतियोगिता हुन लागेको हो।
आयोजकका अनुसार प्रतियोगिता २०८३ असोज ११ गते आइतबार (सेप्टेम्बर २७, २०२६) आयोजना हुनेछ। साइकल दौड बालुवा डाँडा, कावासोतीको शिरदेखि अमलटारी हुँदै नारायणीको तीरसम्म सञ्चालन हुने जनाइएको छ।
प्रतियोगिताको रुट कावासोती नगरपालिका, वि.पि. चोक, हाटबजार चोक, बेलचोक, विष्णुनगर, महाराजा मन्दिर, रडेखानी, लोकाहा, शान्ति टोल, पिठौली चौर, जटायु रेस्टुरेन्ट, सोंढ, मिन चुवाडी, चिलाहा, रतौल होमस्टे, गुन्द्रही मुसेहर टोल हुँदै अमलटारी होमस्टे र बाघखोरमा समापन हुने उल्लेख छ।
कार्यक्रमको उद्घाटन कावासोती नगरपालिका परिसरबाट बिहान ५ः३० बजे हुने र समापन कावासोती–१५ मा गरिने आयोजकले जनाएको छ।
“प्रकृति र पर्यटनका लागि साइकल नै उत्तम माध्यम” भन्ने सन्देशसहित आयोजना गर्न लागिएको प्रतियोगिताले खेलकुदमार्फत कावासोती तथा आसपासका पर्यटकीय गन्तव्यको प्रचार–प्रसारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपाल र जापानबीचको खेल नतिजाविहीन, नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा
नवलपुर,असोज १० । जापानमा चलिरहेको २०औं एशियन खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र जापानबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ । यो नतिजासँगै

टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
नवलपुर, असोज ९ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी–२० वरियतामा सुधार गरेको छ । शुक्रबार २०औँ

एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमिफाइनल नेपालले आज भारतसँग खेल्ने
नवलपुर,असोज ९ । जापानमा चलिरहेको २० औँ एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीको सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भारतबीचको








.2026-09-28-08-06-21.jpeg)
प्रतिकृया दिनुहोस