नेपाल र जापानबीचको खेल नतिजाविहीन, नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा
नवलपुर,असोज १० । जापानमा चलिरहेको २०औं एशियन खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र जापानबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ । यो नतिजासँगै नेपाल समूह ‘ए’ मा २ खेलमा ३ अंक जोडेर विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहान वर्षाले खेल ढिला शुरु हुँदा १५ ओभरमा झारिएको थियो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४ विकेट गुमाएर १४९ रन बनाएको थियो । यो खेलमा सन्दीप जोराले अविजित ३२ बलमा ५७ तथा लोकेश बमले २२ बलमा ५२ रन बनाएका थिए । आसिफ शेखले २१ रन जोडे ।
जापानका लागि रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले समान १र१ विकेट लिए । फेरि पानी परेपछि खेल हुन सकेन ।
अफगानिस्तान २ खेलमा २ अंकका साथ उपविजेता बन्यो । अब क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्नेछ । अफगानिस्तानले भारतसँग खेल्नेछ ।
आजै मलेसिया र ओमानबीच पनि खेल हुँदैछ । एशियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो । नेपाल अहिलेसम्म क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेको छैन ।

टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
नवलपुर, असोज ९ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी–२० वरियतामा सुधार गरेको छ । शुक्रबार २०औँ

एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमिफाइनल नेपालले आज भारतसँग खेल्ने
नवलपुर,असोज ९ । जापानमा चलिरहेको २० औँ एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीको सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भारतबीचको

कावासोतीमा विश्व पर्यटन दिवसको अवसरमा साइकल दौड प्रतियोगिता हुँदै
नवलपुर, असोज ८ । कावासोतीमा विश्व पर्यटन दिवसको अवसर पारेर साइकल दौड प्रतियोगिता आयोजना हुने भएको छ। खेलकुदसँगै स्थानीय पर्यटकीय क्षेत्रको








.2026-09-28-08-06-21.jpeg)
प्रतिकृया दिनुहोस