-->

एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमिफाइनल नेपालले आज भारतसँग खेल्ने

Nawalpurfm

नवलपुर,असोज ९ । जापानमा चलिरहेको २० औँ एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीको सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भारतबीचको सेमिफाइनल खेल स्थानीय समयानुसार दिउँसो १ बजेदेखि जापानको तोकाइ सिटिजन जिम्नेसियममा हुनेछ ।

यसअघि नेपालले समूह ‘बी’मा श्रीलंका, थाइल्यान्ड र चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गरेको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ३४–२५ अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । यो जितसँगै नेपालले महिला कबड्डीमा पदकसमेत पक्का गरेको छ ।

यस्तै, भारत समूह ‘ए’मा इरान, जापान र बंगलादेशलाई पराजित गर्दै समूह विजेता बनेर सेमिफाइनलमा पुगेको हो । भारतले अन्तिम समूह खेलमा आयोजक जापानलाई ५०–२५ अंकले पराजित गरेको थियो । महिला कबड्डीको दोस्रो सेमिफाइनल आजै बेलुकी ६ बजे हुनेछ ।

महिला कबड्डीको स्वर्ण पदकका लागि फाइनल खेल भोलि दिउँसो १ बजे हुने तालिका छ । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

नेपाल र जापानबीचको खेल नतिजाविहीन, नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा

नवलपुर,असोज १० । जापानमा चलिरहेको २०औं एशियन खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र जापानबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ । यो नतिजासँगै

Nawalpurfm

टी–२० वरियतामा नेपालको दुई स्थान सुधार

नवलपुर, असोज ९ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी–२० वरियतामा सुधार गरेको छ । शुक्रबार २०औँ

Nawalpurfm

कावासोतीमा विश्व पर्यटन दिवसको अवसरमा साइकल दौड प्रतियोगिता हुँदै

नवलपुर, असोज ८ । कावासोतीमा विश्व पर्यटन दिवसको अवसर पारेर साइकल दौड प्रतियोगिता आयोजना हुने भएको छ। खेलकुदसँगै स्थानीय पर्यटकीय क्षेत्रको

↑