-->

२०औँ एशियाली खेलकुदमा नेपालका लागि तेन्जिङले जिते पहिलो पदक

Nawalpurfm

नवलपुर, असोज ७ । जापानमा भैरहेको २०औं एशियाली खेलकुदमा करातेका तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन् ।

तेन्जिङले तोयोहाशी जिम्नेजियममा आज भएको खेलमा लाओसका सायासान भाथानालाई रिपिचेजमा पराजित गर्दै कास्य पदक जितेका हुन् । तेन्जिङले १ इप्पोनसहित ९ स्कोर गरेका थिए ।

तेन्जिङले खेल ९–१ ले आफ्नो पक्षमा पारेका हुन् । यसैबीच एशियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले आज चाइनिज ताइपेइसँग खेल्दैछ । खेल बेलुका पौने ५ बजे हुनेछ । आजको खेल जिते नेपाल सेमिफाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ ।

साथै सेमिफाइनलमा पुग्ने टोलीले कम्तीमा कास्य पदक जित्नेछ । त्यसैले आजको खेल नेपालको लागि निकै महत्वपूर्ण रहेको छ । नेपालले हिजो समूह चरणको खेलमा थाइल्यान्डलाई हराउँदै विजयी शुरुआत गरेको थियो ।

नेपाल रहेको समूहमा चाइनिज ताइपेइ, श्रीलंका र थाइल्यान्ड छन् । अर्को समूहमा इरान, भारत, बङ्गलादेश र जापान छन् । नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ ।

सन् २०१९ मा चीनको हाङ्झाउमा भएको एसियाली खेलकुदमा कास्यपदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यसपटक पनि पदकको आशा गरिएको छ ।
 

प्रतिकृया दिनुहोस
Nawalpurfm

एशियाडको महिला कबड्डीमा नेपालले आज चाइनिज ताइपेइसँग खेल्दै

नवलपुर, असोज ७ । जापानमा चलिरहेको २०औं एशियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले आज चाइनिज ताइपेइसँग खेल्दैछ । खेल बेलुका पौने ५ बजे हुनेछ । आजको

Nawalpurfm

भुटानको क्रिकेट टोलीले गण्डकी प्रदेश र क्यान–११ सँग अभ्यास खेल खेल्ने

नवलपुर,असोज ६ । भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा ४ वटा अभ्यास खेल खेल्ने भएको छ । आईसीसी टी–२० विश्वकप एसिया उप–क्षेत्रीय छनोट ‘ए’ को

Nawalpurfm

पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिगको उपाधि एडिनबर्गलाई

नवलपुर,असोज ५ । पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) को उपाधि एडिनबर्ग क्यासल रकर्सले जितेको छ । गएराति आयरल्यान्डको डब्लिनमा