विनयी त्रिवेणीमा सिमेन्ट बोकेको ट्रकमा आगलागी
नवलपुर, असोज ६ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२, घ्यूखोलास्थित पूर्व–पश्चिम राजमार्गमा सिमेन्ट बोकेको ट्रकमा आगलागी भएको छ।
मंगलबार बिहान करिब १० बजेर २५ मिनेटको समयमा भैरहवाबाट मनहरीतर्फ जाँदै गरेको ना.६ ख ९१७७ नम्बरको ट्रकको ब्रेक फेल भई ब्रेक तातिएका कारण आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरी टोली, कावासोती नगरपालिका र बर्दघाट नगरपालिकाका दमकल तथा स्थानीयवासीको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीबाट ट्रकको अगाडिको भागमा क्षति पुगेको छ। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मध्यविन्दु स्काइलाइन एकेडेमीका विद्यार्थीलाई ट्राफिक नियम र सडक सुरक्षाबारे प्रशिक्षण
नवलपुर, असोज ७ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपुरले मध्यविन्दु स्काइलाइन एकेडेमीका विद्यार्थीहरूलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी

नवलपुरमा भारी वर्षा र बाढीको जोखिम, जिल्ला प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह
नवलपुर, असोज ६ । जिल्ला प्रशासन कार्यालय नवलपुरले आगामी केही दिन भारी वर्षा, बाढी, पहिरो तथा नदी कटानको जोखिम बढ्न सक्ने भन्दै जिल्लावासीलाई उच्च

भोटेकोशी बाढी : मध्यविन्दुका १२ परिवारलाई १ लाख राहत, बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क शिक्षा
नवलपुर,असोज ४ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका मध्यविन्दु नगरपालिकाका १२ जना नागरिकका परिवारलाई नगरपालिकाले राहत तथा सहयोग





प्रतिकृया दिनुहोस