-->

४५ वर्षीय रोनाल्डो करेन्ट लागेर मरेको पुष्टि

Nawalpurfm

नवलपुर, असोज ३ । चितवन राष्ट्रिय निकुञ्जको लोकप्रिय जङ्गली भाले हात्ती 'रोनाल्डो’ को करेन्ट लागेर मरेको पुष्टि भएको छ । 

आज बिहान बिस हजार ताल जाने टिकौली मध्यवर्ती सामुदायिक वनको गेट नजिकै हात्ती मृत फेला परेको थियो । पोस्टमार्टमका क्रममा नेपाली सेनाको पोस्टमा बिजुली पुर्‍याउन टाँगिएको कालो इन्सुलेटेड तार तानेर चपाउँदा करेन्ट लागेको पुष्टि भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो ।

पोस्टमार्टम पश्चात् दाह्रा निकालेर हात्तीको अन्तिम संस्कार गरिसकिएको छ । झण्डै ४५ वर्षको यो हात्ती २४ वर्षअघि सौराहा क्षेत्रमा पहिलो पटक देखिएको थियो । ब्राजिलियन फुटबलर रोनाल्डो चर्चामा रहेका बेला देखिएकाले स्थानीय गाइडहरूले यसको नाम रोनाल्डो राखिदिएका थिए । 
खोरसोरमा रहेको हात्ती प्रजनन केन्द्रका पोथी हात्तीहरूका लागि भरपर्दो भाले मानिने रोनाल्डो पर्यटकहरूबीच पनि निकै लोकप्रिय र आकर्षक मानिन्थ्यो । केन्द्रमा अहिलेसम्म जन्मिएका मध्ये ३८ वटा छावा रोनाल्डोकै रहेका निकुञ्जको भनाई छ । 

चितवनमा ध्रुवे र गोविन्देजस्ता आतङ्क मच्चाउने हात्तीहरू बेलाबेला गायब वा शान्त हुँदा, रोनाल्डो भने निरन्तर प्रजनन केन्द्र आसपास देखिने र आफ्नो वर्चस्व कायम राख्ने एकमात्र चर्चित हात्ती थियो ।  

 

प्रतिकृया दिनुहोस
Nawalpurfm

सामुदायिक विद्यालयमा आवासीय सुविधास : अनाथ र विकट क्षेत्रका विद्यार्थीले निस्शुल्क पठनपाठन

पुरुषोत्तम सुवेदी । नवलपुर, असोज ७ । पश्चिम नवलपरासी जिल्लाका ७ वटा पालिकाहरूमध्ये बर्दघाट नगरपालिकाले जिल्लामै पहिलो पटक सामुदायिक विद्यालयमा

Nawalpurfm

सरकारको तयारीः घण्टा–घण्टामा वर्षाको सूचना, सुरक्षाकर्मी ‘हाई अलर्ट’

नवलपुर, असोज ७ । सम्भावित भारी वर्षा र त्यसबाट निम्तिनसक्ने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर

Nawalpurfm

रसुवा बाढीका पीडित पहिचानका लागि चीनद्वारा नास्टलाई डीएनए परीक्षण प्रविधि हस्तान्तरण

नवलपुर, असोज ७ । चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण, सामग्री तथा प्रविधि