पूर्व–पश्चिम राजमार्गअन्तर्गत कावासोती–गैंडाकोट सडकखण्डमा फुटपाथ निर्माण तीव्र
विमा गाहा मगर । नवलपुर,असोज २ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कावासोतीदेखि गैंडाकोटसम्मको सडकखण्डमा फुटपाथ निर्माणको काम भइरहेको छ । पैदलयात्रुको आवतजावतलाई सहज र सुरक्षित बनाउने उद्देश्यले सडकको दुवैतर्फ फुटपाथ निर्माण गर्न थालिएको हो ।
निर्माणाधीन फुटपाथमा १ दशमलव ५ सेन्टिमिटर मोटाइको मोजेक टायल बिछ्याउने काम भइरहेको सहायक इन्जिनियर उपेन्द्र मुखियाले जानकारी दिनुभयो । उहाँका अनुसार फुटपाथको संरचनामा ३० सेन्टिमिटरको पीसीसी लक प्रयोग गरिनेछ ।
फुटपाथको दुवैतर्फ रेलिङसमेत राखिने योजना रहेको सहायक इन्जिनियर मुखियाले बताउनुभयो । यसले पैदलयात्रुलाई सडकमा गुड्ने सवारीसाधनबाट छुट्टै सुरक्षित मार्ग उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
पूर्व–पश्चिम राजमार्गको उक्त खण्डमा सवारीसाधनको चापसँगै पैदलयात्रुको आवतजावत पनि हुने भएकाले व्यवस्थित फुटपाथ निर्माणलाई महत्वपूर्ण पूर्वाधारका रूपमा लिइएको छ ।
हाल फुटपाथमा मोजेक टायल बिछ्याउनेलगायतका निर्माण कार्य भइरहेको छ । निर्माण सम्पन्न भएपछि कावासोतीदेखि गैंडाकोटसम्मका पैदलयात्रुलाई सडकको मुख्य लेन प्रयोग नगरी सुरक्षित रूपमा आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ ।

रसुवाको बाढिमा बेपत्ता मध्यबिन्दुका १२ जनाको कुशको शब बनाएर दाहासंस्कार
नारायण शर्मा । नवलपुर,असोज २ । रसुवामा आएको बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाका १२ जनाको कुशको शव बनाएर अन्त्येष्टि

दुम्किबासको १३२ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
नवलपुर,असोज २ । विनयी त्रिवेणी गाउँपालिका–२ दुम्किबासमा निर्माण भइरहेको १३२ केभी क्षमताको अरुण खोला–दुम्किबास डबल सर्किट सबस्टेसन निर्माण

मध्यविन्दुमा क्रेनको ठक्करबाट ७६ वर्षीय पैदलयात्रीको मृत्यु
नवलपुर,असोज २ । नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोलामा क्रेनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ८ः५५ बजे १०





प्रतिकृया दिनुहोस