-->

मध्यविन्दुमा क्रेनको ठक्करबाट ७६ वर्षीय पैदलयात्रीको मृत्यु

Nawalpurfm

नवलपुर,असोज २ । नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोलामा क्रेनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

शुक्रबार बिहान करिब ८ः५५ बजे १० नं. वडा कार्यालय अगाडि पूर्व–पश्चिम राजमार्गमा दुम्किबासबाट बेल्डिहातर्फ जाँदै गरेको लु १ क ४८०४ नम्बरको क्रेनले सडक पार गर्दै गरेका हुप्सेकोट गाउँपालिका–६ निवासी करिब ७६ वर्षीय पृथि वयम्बु मगरलाई ठक्कर दिएको थियो।

क्रेनको ठक्करबाट गम्भीर घाइते भएका मगरलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको थियो। अस्पताल पुर्‍याइएपछि चिकित्सकले बिहान ९ः११ बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले क्रेन र चालक विनयी त्रिवेणी गाउँपालिका–२ निवासी करिब ४७ वर्षीय शोभाखर अर्याललाई नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

रसुवाको बाढिमा बेपत्ता मध्यबिन्दुका १२ जनाको कुशको शब बनाएर दाहासंस्कार

नारायण शर्मा  । नवलपुर,असोज २ । रसुवामा आएको बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाका १२ जनाको कुशको शव बनाएर अन्त्येष्टि

Nawalpurfm

दुम्किबासको १३२ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

नवलपुर,असोज २ । विनयी त्रिवेणी गाउँपालिका–२ दुम्किबासमा निर्माण भइरहेको १३२ केभी क्षमताको अरुण खोला–दुम्किबास डबल सर्किट सबस्टेसन निर्माण

Nawalpurfm

नवलपुरको पेलेगाबाट निस्कीरहेको धुंवा बिशाक्त रहेको भनाई 

नारायण शर्मा । नवलपुर, असोज १ । नवलपुरको हुप्सेकोट गाउँपालिका–६ स्थित पेलेगा डाँडाबाट निस्किरहेको बाक्लो धुवाँमा कार्बन मोनोअक्साइड ग्यास रहेको