रसुवाको बाढिमा बेपत्ता मध्यबिन्दुका १२ जनाको कुशको शब बनाएर दाहासंस्कार
नारायण शर्मा । नवलपुर,असोज २ । रसुवामा आएको बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाका १२ जनाको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ।
मध्यबिन्दु नगरपालिका–२ र आसपासका क्षेत्रका उनीहरूको शुक्रबार बिहान अमलटारीस्थित नारायणी नदी किनारमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको हो।
रसुवास्थित भोटेकोशीमा आएको बाढीपछि उनीहरू सबै सम्पर्कविहीन भएका थिए। लामो समयसम्म खोजी गर्दा समेत जीवित वा शव फेला नपरेपछि पीडित परिवारको इच्छाअनुसार कुशको शव बनाएर अन्त्येष्टि गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी नवलपुरका सभापति एवं मध्यबिन्दु निवासी दोमन भण्डारीले जानकारी दिनुभयो।
बाढीमा एकैपटक १२ जना बेपत्ता भएपछि मध्यबिन्दुका सेतापानी र बाघखोर गाउँ शोकमग्न बनेका छन्। बेपत्ता हुनेहरू रसुवास्थित तेन्जिन शेर्पा हाइड्रोपावरमा मजदुरका रूपमा कार्यरत थिए। उनीहरू मजदुरीका लागि गत चैतदेखि साउनको अन्तिम सातासम्म रसुवा पुगेका थिए।
जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीका अनुसार बाढीमा परी मध्यबिन्दुका हेमबहादुर चौधरी, जीवन विक, गंगाराम मुखिया, विशाल मुखिया, सीताराम महतो, युद्ध महतो, एकदेव महतो, नुमनारायण महतो, केशव महतो, तेजबहादुर थारू, हुसनबहादुर थापा र कालीराम महतो बेपत्ता भएका थिए।
उनीहरूको खोजीका लागि उपलब्ध सबै उपाय अवलम्बन गरिए पनि हालसम्म जीवित वा शव फेला पार्न नसकिएपछि परिवारको सहमतिमा अन्त्येष्टि गरिएको भण्डारीले बताउनुभयो।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कावासोती–गैंडाकोट सडकखण्डमा फुटपाथ निर्माण तीव्र
विमा गाहा मगर । नवलपुर,असोज २ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कावासोतीदेखि गैंडाकोटसम्मको सडकखण्डमा फुटपाथ निर्माणको काम भइरहेको छ ।

दुम्किबासको १३२ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
नवलपुर,असोज २ । विनयी त्रिवेणी गाउँपालिका–२ दुम्किबासमा निर्माण भइरहेको १३२ केभी क्षमताको अरुण खोला–दुम्किबास डबल सर्किट सबस्टेसन निर्माण

मध्यविन्दुमा क्रेनको ठक्करबाट ७६ वर्षीय पैदलयात्रीको मृत्यु
नवलपुर,असोज २ । नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोलामा क्रेनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ८ः५५ बजे १०





प्रतिकृया दिनुहोस