दुम्किबासको १३२ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
नवलपुर,असोज २ । विनयी त्रिवेणी गाउँपालिका–२ दुम्किबासमा निर्माण भइरहेको १३२ केभी क्षमताको अरुण खोला–दुम्किबास डबल सर्किट सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ। एसियाली विकास बैंक (एडीबी) को सहयोगमा अघि बढाइएको उक्त आयोजना पूरा भएपछि विनयी त्रिवेणी, मध्यबिन्दु, हुप्सेकोटलगायत आसपासका क्षेत्रमा देखिँदै आएको विद्युत् ट्रिपिङ र भोल्टेजको समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ।
बिहीबार विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतलगायतको टोलीले सबस्टेसन निर्माणस्थलको अनुगमन गरेको थियो। अनुगमनका क्रममा सबस्टेसनमा सर्टडाउनसम्बन्धी काम भइरहेको पाइएको जनाइएको छ।
आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी गोदरेजले ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो। तर विभिन्न प्राविधिक तथा अन्य कारणले निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि सम्झौताको अवधि सकिएलगत्तै आयोजनालाई थप एक वर्षको म्याद दिइएको छ।
निर्माणको काम अन्तिम चरणमा पुगेकाले अब आयोजना छिट्टै सञ्चालनमा आउने अपेक्षा गरिएको छ। सबस्टेसन सञ्चालनमा आएपछि यस क्षेत्रको विद्युत् आपूर्ति थप भरपर्दो र स्थिर हुनुका साथै ट्रिपिङ तथा भोल्टेजमा देखिँदै आएको समस्या समेत कम हुने विश्वास गरिएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कावासोती–गैंडाकोट सडकखण्डमा फुटपाथ निर्माण तीव्र
विमा गाहा मगर । नवलपुर,असोज २ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कावासोतीदेखि गैंडाकोटसम्मको सडकखण्डमा फुटपाथ निर्माणको काम भइरहेको छ ।

रसुवाको बाढिमा बेपत्ता मध्यबिन्दुका १२ जनाको कुशको शब बनाएर दाहासंस्कार
नारायण शर्मा । नवलपुर,असोज २ । रसुवामा आएको बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाका १२ जनाको कुशको शव बनाएर अन्त्येष्टि

मध्यविन्दुमा क्रेनको ठक्करबाट ७६ वर्षीय पैदलयात्रीको मृत्यु
नवलपुर,असोज २ । नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोलामा क्रेनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ८ः५५ बजे १०





प्रतिकृया दिनुहोस