नवलपुरमा भारी वर्षा र बाढीको जोखिम, जिल्ला प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह
नवलपुर, असोज ६ । जिल्ला प्रशासन कार्यालय नवलपुरले आगामी केही दिन भारी वर्षा, बाढी, पहिरो तथा नदी कटानको जोखिम बढ्न सक्ने भन्दै जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय नवलपुरले जारी गरेको सूचनामा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म नवलपुर सहित देशका विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको उल्लेख गरिएको छ। वर्षाका कारण बाढी, पहिरो, डुबान तथा नदी कटानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको हो।
प्रशासनले नदी, खोला तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। जोखिममा रहेका बासिन्दालाई आवश्यक परे सुरक्षित स्थानमा सर्नका लागि तयारी अवस्थामा रहनसमेत भनिएको छ।
त्यस्तै, स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन प्रशासनले अनुरोध गरेको छ। कालीगण्डकी करिडोरलगायत पहाडी क्षेत्रमा पहिरोको जोखिम भएका सडकमा रातिको समयमा अत्यावश्यकबाहेक यात्रा नगर्न र जोखिमयुक्त सडकमार्ग प्रयोग गर्दा विशेष सावधानी अपनाउन भनिएको छ।
आपत्कालीन अवस्था आएमा नजिकको सुरक्षा निकाय वा स्थानीय तहमा तत्काल सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ।
उक्त सूचना सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जारी गर्नुभएको हो। जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४, विपद् सहायता ११४९, मौसम तथा बाढी सूचना ११५५ लगायतका आपत्कालीन सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ।

मध्यविन्दु स्काइलाइन एकेडेमीका विद्यार्थीलाई ट्राफिक नियम र सडक सुरक्षाबारे प्रशिक्षण
नवलपुर, असोज ७ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपुरले मध्यविन्दु स्काइलाइन एकेडेमीका विद्यार्थीहरूलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी

विनयी त्रिवेणीमा सिमेन्ट बोकेको ट्रकमा आगलागी
नवलपुर, असोज ६ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२, घ्यूखोलास्थित पूर्व–पश्चिम राजमार्गमा सिमेन्ट बोकेको ट्रकमा आगलागी भएको छ। मंगलबार

भोटेकोशी बाढी : मध्यविन्दुका १२ परिवारलाई १ लाख राहत, बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क शिक्षा
नवलपुर,असोज ४ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका मध्यविन्दु नगरपालिकाका १२ जना नागरिकका परिवारलाई नगरपालिकाले राहत तथा सहयोग





प्रतिकृया दिनुहोस