भोटेकोशी बाढी : मध्यविन्दुका १२ परिवारलाई १ लाख राहत, बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क शिक्षा
नवलपुर,असोज ४ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका मध्यविन्दु नगरपालिकाका १२ जना नागरिकका परिवारलाई नगरपालिकाले राहत तथा सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीका अनुसार पीडित परिवारलाई प्रतिपरिवार रु.१ लाखका दरले काजक्रिया खर्च उपलब्ध गराइनेछ। साथै, बाढीपछि सञ्चालन गरिएको खोज तथा उद्धार कार्यमा लागेको आवश्यक खर्चसमेत नगरपालिकाले व्यहोर्ने निर्णय गरेको छ।
त्यसैगरी, बाढी प्रभावित परिवारका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पठनपाठनको व्यवस्था गर्ने निर्णय नगरपालिकाले गरेको छ। विपद्का कारण बालबालिकाको शिक्षामा असर नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले यस्तो व्यवस्था गर्ने निर्णय गरेको हो।
नगरपालिकाले प्रभावित परिवारका लागि १८ वर्ष उमेरसम्म मध्यविन्दु नगर अस्पतालमा निःशुल्क स्वास्थ्य उपचार उपलब्ध गराउने निर्णयसमेत गरेको नगरप्रमुख अधिकारीले जानकारी दिनुभयो।
विपद्को यस दुःखद् घडीमा प्रभावित परिवारको साथमा नगरपालिका निरन्तर रहने बताउँदै नगरप्रमुख अधिकारीले आगामी दिनमा परिवारको आवश्यकताअनुसार थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मध्यविन्दु स्काइलाइन एकेडेमीका विद्यार्थीलाई ट्राफिक नियम र सडक सुरक्षाबारे प्रशिक्षण
नवलपुर, असोज ७ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपुरले मध्यविन्दु स्काइलाइन एकेडेमीका विद्यार्थीहरूलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी

विनयी त्रिवेणीमा सिमेन्ट बोकेको ट्रकमा आगलागी
नवलपुर, असोज ६ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२, घ्यूखोलास्थित पूर्व–पश्चिम राजमार्गमा सिमेन्ट बोकेको ट्रकमा आगलागी भएको छ। मंगलबार

नवलपुरमा भारी वर्षा र बाढीको जोखिम, जिल्ला प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह
नवलपुर, असोज ६ । जिल्ला प्रशासन कार्यालय नवलपुरले आगामी केही दिन भारी वर्षा, बाढी, पहिरो तथा नदी कटानको जोखिम बढ्न सक्ने भन्दै जिल्लावासीलाई उच्च





प्रतिकृया दिनुहोस