मध्यविन्दु स्काइलाइन एकेडेमीका विद्यार्थीलाई ट्राफिक नियम र सडक सुरक्षाबारे प्रशिक्षण
नवलपुर, असोज ७ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपुरले मध्यविन्दु स्काइलाइन एकेडेमीका विद्यार्थीहरूलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक प्रशिक्षण प्रदान गरेको छ।
विद्यार्थीहरूलाई प्रहरी सहायक निरीक्षक दानप्रसाद नागरकोटी र प्रहरी जवान लोकेन्द्र बुढामगरले ट्राफिक नियमको पालना, सडकमा हिँड्दा अपनाउनुपर्ने सावधानी, सडक पार गर्ने सही तरिका, हेल्मेट तथा सिट बेल्टको प्रयोगलगायत सडक सुरक्षासम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो।
प्रशिक्षणका क्रममा विद्यार्थीहरूलाई ट्राफिक नियमको पालना दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि अत्यन्त आवश्यक रहेको जानकारी गराइएको थियो। साथै, विद्यार्थीहरूले आफूले सिकेका ट्राफिक नियम तथा सडक सुरक्षाका विषयलाई परिवार र समुदायमा समेत व्यवहारमा उतार्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। प्रशिक्षणले विद्यार्थीहरूमा ट्राफिक नियम तथा सडक सुरक्षाप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको विद्यालयले जनाएको छ।

विनयी त्रिवेणीमा सिमेन्ट बोकेको ट्रकमा आगलागी
नवलपुर, असोज ६ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२, घ्यूखोलास्थित पूर्व–पश्चिम राजमार्गमा सिमेन्ट बोकेको ट्रकमा आगलागी भएको छ। मंगलबार

नवलपुरमा भारी वर्षा र बाढीको जोखिम, जिल्ला प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह
नवलपुर, असोज ६ । जिल्ला प्रशासन कार्यालय नवलपुरले आगामी केही दिन भारी वर्षा, बाढी, पहिरो तथा नदी कटानको जोखिम बढ्न सक्ने भन्दै जिल्लावासीलाई उच्च

भोटेकोशी बाढी : मध्यविन्दुका १२ परिवारलाई १ लाख राहत, बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क शिक्षा
नवलपुर,असोज ४ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका मध्यविन्दु नगरपालिकाका १२ जना नागरिकका परिवारलाई नगरपालिकाले राहत तथा सहयोग





प्रतिकृया दिनुहोस