रसुवा बाढीका पीडित पहिचानका लागि चीनद्वारा नास्टलाई डीएनए परीक्षण प्रविधि हस्तान्तरण
नवलपुर, असोज ७ । चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण, सामग्री तथा प्रविधि हस्तान्तरण गरेको छ ।
रसुवामा आएको बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान र डीएनए प्रोफाइलिङका लागि चीनले यो सहयोग उपलब्ध गराएको हो । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नास्टलाई ती सामग्री हस्तान्तरण गर्नुभयो ।
बाढीपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको फरेन्सिक ल्याबमा मात्रै परीक्षण सम्भव नभएपछि नास्टको प्रयोगशालामा पनि काम भइरहेको छ । नास्टका प्रवक्ता डा। रामचन्द्र पौडेलका अनुसार अहिलेसम्म नास्टले झण्डै ८०७ वटा नमुना प्राप्त गरिसकेको छ ।
नास्टले नमुनाको प्रोफाइल तयार गरी वैधानिक फरेन्सिक निकायहरूलाई पठाउनेछ, जहाँबाट अन्तिम पहिचान र डेटा मिलानको काम हुनेछ । यो सहयोगले तत्कालीन परीक्षणसँगै नेपाली वैज्ञानिकहरूको क्षमता अभिवृद्धिमा समेत ठूलो योगदान पुग्ने नास्टले जनाएको छ ।
भोटेकोशी बाढीपछि एक हजार ४५१ जनाको शव भेटिएकोमा एक हजार ३२९ जना मृतक र दुई हजार १६ जना मृतकका आफन्तको डिएनए नमुना सङ्कलन भएको सरकारले जनाएको छ ।

सामुदायिक विद्यालयमा आवासीय सुविधास : अनाथ र विकट क्षेत्रका विद्यार्थीले निस्शुल्क पठनपाठन
पुरुषोत्तम सुवेदी । नवलपुर, असोज ७ । पश्चिम नवलपरासी जिल्लाका ७ वटा पालिकाहरूमध्ये बर्दघाट नगरपालिकाले जिल्लामै पहिलो पटक सामुदायिक विद्यालयमा

सरकारको तयारीः घण्टा–घण्टामा वर्षाको सूचना, सुरक्षाकर्मी ‘हाई अलर्ट’
नवलपुर, असोज ७ । सम्भावित भारी वर्षा र त्यसबाट निम्तिनसक्ने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर

हिउँदको माग व्यवस्थापनका लागि विद्युत् प्राधिकरणद्वारा पाँच सदस्यीय समिति गठन
नवलपुर, असोज ७ । नेपाल विद्युत् प्राधिकरणले आउँदो सुक्खायाम अर्थात् हिउँदमा काठमाण्डौ उपत्यकालगायतका क्षेत्रमा बढ्ने विद्युत् माग व्यवस्थापनका









प्रतिकृया दिनुहोस