पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिगको उपाधि एडिनबर्गलाई
नवलपुर,असोज ५ । पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) को उपाधि एडिनबर्ग क्यासल रकर्सले जितेको छ ।
गएराति आयरल्यान्डको डब्लिनमा भएको फाइनलमा एडिनबर्ग क्यासल रकर्सले बेल्फास्ट वुल्भ्सलाई ७ विकेटले हरायो । बेल्फास्टले दिएको १५१ रनको लक्ष्य एडिनबर्गले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेटायो । एडिनबर्गका आन्द्रेस गौसले नटआउट ९० रन बनाए । बेल्फास्टका मार्क एडर, म्याथ्यु हम्फ्रेज र ग्याभिन होईले १र१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको बेल्फास्टले २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनायो । बेल्फास्टका टिम टेक्टरले ८४ रन बनाए । एडिनबर्गका ट्रेन्ट बोल्टले २ विकेट लिए ।
पहिलो संस्करणमा एडिनबर्ग, बेल्फास्टसहित एमस्टर्डम फ्लेम्स, रटरडम डकर्स, डब्लिन गार्जियन्स र ग्लास्गो कस्मिक गरी ६ वटा टोली सहभागी थिए । प्रतियोगितामा आयरल्यान्ड, स्कटल्यान्ड र नेदरल्यान्ड्सबाट २/२ वटा टोली सहभागी भएका हुन् ।

एशियाडको महिला कबड्डीमा नेपालले आज चाइनिज ताइपेइसँग खेल्दै
नवलपुर, असोज ७ । जापानमा चलिरहेको २०औं एशियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले आज चाइनिज ताइपेइसँग खेल्दैछ । खेल बेलुका पौने ५ बजे हुनेछ । आजको

२०औँ एशियाली खेलकुदमा नेपालका लागि तेन्जिङले जिते पहिलो पदक
नवलपुर, असोज ७ । जापानमा भैरहेको २०औं एशियाली खेलकुदमा करातेका तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन् । तेन्जिङले तोयोहाशी जिम्नेजियममा

भुटानको क्रिकेट टोलीले गण्डकी प्रदेश र क्यान–११ सँग अभ्यास खेल खेल्ने
नवलपुर,असोज ६ । भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा ४ वटा अभ्यास खेल खेल्ने भएको छ । आईसीसी टी–२० विश्वकप एसिया उप–क्षेत्रीय छनोट ‘ए’ को









प्रतिकृया दिनुहोस