चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
नवलपुर, असोज ३ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेको छ।
‘रोनाल्डो’ आज बिहान बरन्डाभार क्षेत्रमा मृत अवस्थामा फेला परेको हो। हात्तीको मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।
घटनास्थलको निरीक्षण तथा आवश्यक परीक्षणपछि मात्र हात्तीको मृत्युको वास्तविक कारण खुल्ने जनाइएको छ। सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान तथा आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।

त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियोःनेपाली सेना
नवलपुर, असोज ३ । रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ११ जनाको शव निकालेको नेपाली सेनाले जनाएको छ । सेनाले सामाजिक

म प्रष्ट भन्छु– यो सुरुवात हो, अन्त्य होइनः प्रधानमन्त्री शाह
नवलपुर, असोज ३ । प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान दिवसको अवसरमा

बाढीले भत्काएको कास्कीको बिरेठाँटी सडक मर्मतपछि गाडी चल्न थाले
नवलपुर,असोज ३ । कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक मर्मत गरेपछि गाडी चल्न थालेका छन् । गएको साउन २८ गतेको बाढीले








प्रतिकृया दिनुहोस