-->

बाढीले भत्काएको कास्कीको बिरेठाँटी सडक मर्मतपछि गाडी चल्न थाले

Nawalpurfm

नवलपुर,असोज ३ । कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक मर्मत गरेपछि गाडी चल्न थालेका छन् ।

गएको साउन २८ गतेको बाढीले बिरेठाँटीमा १०० मिटर पक्की सडक बगाउँदा अन्नपूर्ण गाउँपालिका–८, ९, १० र ११ ९साविक दाङसिङ र घान्द्रुक गाविस० मुख्य राजमार्ग तथा गाउँपालिका केन्द्रसँग सडक सम्पर्क विच्छेद थियो ।

ती वडालाई जोड्ने मुख्य नाकाका रूपमा रहेको बिरेठाँटीको सडक मर्मत गरेपछि हिजोदेखि आवतजावतमा सहज भएको छ ।

गाउँपालिका, गण्डकी प्रदेश सरकार, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय कास्की, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० तथा उपल्लो मोदीखोलामा सञ्चालित जलविद्युत् आयोजनाको समन्वय र सहकार्यमा गएको भदौ २ गतेदेखि मर्मत थालिएको र हिजोदेखि सडकमा यातायात सञ्चालन भएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार बिरेठाँटीमा मोदीखोलाको बहाव डाइभर्सन गरी ग्याबिन जाली भर्ने र ब्याकफिलिङ गर्ने काम गरिएको छ ।

बिरेठाँटीमा सडक मर्मत भए पनि अझै घान्द्रुकसँग भने सिधा सम्पर्क स्थापित भइसकेको छैन । घान्द्रुक बसपार्कसम्म पुग्ने सडकको सिउँरेमा सडक मर्मतको काम भइरहेको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियोःनेपाली सेना

नवलपुर, असोज ३ । रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ११ जनाको शव निकालेको नेपाली सेनाले जनाएको छ । सेनाले सामाजिक

Nawalpurfm

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

नवलपुर, असोज ३ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेको

Nawalpurfm

म प्रष्ट भन्छु– यो सुरुवात हो, अन्त्य होइनः प्रधानमन्त्री शाह

नवलपुर, असोज ३ । प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान दिवसको अवसरमा