आजदेखि एसियाली खेलकुद
नवलपुर,असोज ३ । मधामसाथ आयोजना गर्न जापानको तेस्रो ठुलो सहर नागोया तम्तयार छ । एसियाको सर्वाधिक ठुलो खेल मेला एसियाली खेलकुद आधिकारिक रूपमा शनिबार सुरु हुँदै छ । आइची नागोया एसियाडको उद्घाटन समारोह शनिबार पालोमा मिजुहो रङ्गशालामा भएपछि आइची नागोया एसियाड आधिकारिक रूपमा प्रारम्भ हुने छ । उद्घाटनअघि नै महिला क्रिकेट, महिला फुटबल, टेकबल, बास्केटबल, मोडर्न पेन्टथालन, महिला भलिबल, सफ्ट टेनिस सुरु भइसकेका छन् । यो एसियाडको समापन समारोह असोज १८ गते हुने छ । उद्घाटन समारोहमा जापानका सम्राट् नारुहितो र साम्राज्ञी मासाकोको पनि उपस्थिति रहने बताइएको छ । जापानले उद्घाटन समारोहका लागि मात्र १० हजार प्रहरी तथा सुरक्षा बल खटाएको छ ।
एसियाका करिब १७ हजारभन्दा बढी खेलकर्मी यस खेल महाकुम्भमा सहभागिता जनाउन अहिले जापानको आइची नागोयामा छन् । यो सङ्ख्या ओलम्पिकभन्दा पनि धेरै हो । एसियाडलाई ओलम्पिकपछिको विश्वकै दोस्रो ठुलो खेलकुद प्रतियोगिता मानिन्छ तर खेल र खेलाडी सङ्ख्याको हिसाबले पछिल्लो पेरिस ओलम्पिकभन्दा आइची नागोया एसियाड बृहत् बनेको छ । नागोयाबाहेक टोकियो, सिजोका, गफु र ओसाकामा पनि केही खेल खेलाइने छ । खेलस्थल मात्र ५४ वटा छन् । पछिल्लो पेरिस ओलम्पिकमा ३२ खेल थिए भने आइची नागोया एसियाडा ४३ खेल समावेश गरिएको छ । सबै ओलम्पिक्स खेल त छँदै छ, त्यसबाहेक नागोया एसियाडमा अहिले विश्वमा लोकप्रिय मिक्स मार्सल आर्ट्स (एमएमए) पनि थपिएको छ । यसबाहेक पाडेल, टेकबल, सर्फिङ, भर्चुअल तेक्वान्दो र फ्रिस्टाइल बिएमएक्स खेलले पनि एसियाली खेलकुदमा पदार्पण गर्दै छ । नेपालले २१ खेलमा सहभािगता जनाउने छ । जसका लागि १३५ नेपाली खेलाडी जापानमा छन् । पहिले घोषणा गरेभन्दा दुई खेलाडी घटेका हुन् । एक खेलाडी मात्र भएको डान्स स्पोर्ट्स सहभागिता भएन भने उसुका मुकेश पण्डित पनि अस्वस्थताका कारण एसियाड आउन सक्नुभएन । खेल सङ्ख्याका हिसाबमा पछिल्ला केही एसियाडभन्दा यो सानो टोली हो । यद्यपि नेपालले विगतभन्दा यस पटक धेरै पदकको आशा गरेको छ । यस पटक नेपालले स्वर्णसहित दोहोरो सङ्ख्यामा पदकको लक्ष्यसहित तयारी गरेको छ ।
विगतमा केही महिनाअघि मात्र तयारी थालिन्थ्यो । यस पटक नेपाली टिमहरूले तीन वर्षदेखि एसियाडको तयारी गरेको छ । पछिल्लो दुई महिनादेखि सबै टिम उच्च स्तरीय बन्द प्रशिक्षणमा थिए । यसै गरी नेपाली धेरै टिमका खेलाडी वैदेशिक प्रशिक्षणपछि जापान आएका छन् । एसियाडमा ४३ खेलका ७१ विधामा ४६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै छ । उद्घाटन समारोहमा राष्ट्रिय महिला कबड्डीकी कप्तान मानमती विष्ट र बक्सर चन्द्रबहादुर थापामगरले नेपालको राष्ट्रिय झन्डा बोक्नुहुने छ ।
नेपाल प्रथम एसियाडमै खेल्ने भाग्यशाली राष्ट्र हो । प्रथम एसियाली खेलकुद हुँदा मात्र ११ राष्ट्र थिए । सहभागिताको हिसाबमा एसियाली खेलकुदमा नेपालको योगदान उल्लेखनीय छ । दोस्रो एसियाडबाहेक नेपालले सबै संस्करणमा भाग लिएको छ तर प्रदर्शनको हिसाबमा नेपाल धेरै पछाडि छ । यद्यपि एसियाली खेलकुदमा नेपाल सन् १९८६ देखि पदकविमुख नभएको तथ्यलाई पनि बिर्सन हुँदैन । एसियाली खेलकुदमा नेपालले अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन । बैङ्ककमा भएको १३ औँ संस्करणमा तेक्वान्दो खेलाडी सविता राजभण्डारी, जाकार्ता–पालेमबाममा भएको १८ औँ संस्करणमा पाराग्लाइडिङ र पछिल्लो संस्करणमा कराँतेका एरिका गुरुङले दिलाएको रजत अहिलेसम्म नेपालका लागि एसियाडमा सबभन्दा ठुलो पदकको रूपमा रहिआएको छ । नेपालले दक्षिण कोरियामा भएको सोल एसियाडमा पदक जित्न सुरु गरेको थियो । एसियाडमा नेपालले अहिलेसम्म तीन रजत र २३ कांस्य गरी कुल २६ पदक जितिसकेको छ । तेक्वान्दोले सबैभन्दा बढी एक रजत र १३ कांस्य, कराँतेले एक रजत र दुई कांस्य, पाराग्लाइडिङले एक रजत, बक्सिङले सात कांस्य र कबड्डीले एक कांस्य पदक जितेको छ । त्यसैले अहिले नेपालसामु सबभन्दा ठुलो पहिलो पटक स्वर्ण पदक जित्नु र लगातार पदक जितको क्रमभङ्ग नगर्नु नै हो । नेपाली टिमले यसलाई प्रेरणाका रूपमा लिन सक्छ । यस पटक कराँते, उसु, बक्सिङ, क्रिकेट जस्ता खेलाडीबाट नेपालले पदकको आशा गरेको छ ।

बङ्गलादेशका क्रिकेटर अकबर अलीले कर्णाली याक्सबाट एनपीएल खेल्ने
नवलपुर,असोज ३ । बङ्गलादेशका क्रिकेट खेलाडी अकबर अलीले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण कर्णाली याक्सबाट खेल्ने भएका छन् । कर्णाली

एन्फा कार्यालयमा सीआईबीको छापा
नवलपुर,असोज २ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यालयमा छापा मारेको छ । सीआईबीको टोलीले

टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा श्रीलंकामाथि इंग्ल्यान्डको सहज जित
नवलपुर,असोज २ । इंग्ल्यान्डले श्रीलंकासँगको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला एक खेल अगावै जितेको छ । श्रीलंकाको कार्डिफमा हिजो भएको दोस्रो खेलमा








प्रतिकृया दिनुहोस