-->

गण्डकीदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा

Nawalpurfm

नवलपुर,असोज २ । गएराति गण्डकीदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ । पछिल्लो ६ घण्टामा तनहुँमा ६८ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै गोरखा, लमजुङ, सुनसरी र झापा लगायतका ठाउँमा पनि ठूलो वर्षा भएको मौसम महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा पनि गएराति हल्कादेखि मध्यम वर्षा भएको छ । महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

यसैबीच पृथ्वीराजमार्ग अन्तर्गत धादिङको मझिमटारमा हिलोका कारण अवरुद्ध सडक खुलेको छ । गएरातिको वर्षाका कारण सडकमा हिलो जम्दा राति गाडी चल्न सकेका थिएनन् । आज बिहानदेखि हिलो पन्छाएपछि  सडकमा दुईतर्फी गाडी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

नवलपुर,असोज २ । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९ औँ स्मृति दिवस आज कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध

Nawalpurfm

बिग्रिएको सडकको जानकारी अब मोबाइल एपबाटै

नवलपुर,असोज २ । काठमाण्डौ उपत्यकामा सडक बिग्रिएको छ ? सडकमा खाल्डाखुल्डी छन्, पानी जमेको छ वा सडक निर्माणका क्रममा समस्या देखिएको छ रु अब यस्ता समस्या

Nawalpurfm

भोटेकोशी बाढीपछि क्रमश : लयमा फर्कँदै पर्यटन

नवलपुर,असोज २ । भोटेकोशी बाढीपछि सुस्ताएको पर्यटन क्षेत्र क्रमशः लयमा फर्कदै गएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन गरेको