-->

श्रीलंकाका क्रिकेटर चरिथ असलंकाले  विराटनगर किंग्सबाट एनपीएल खेल्ने

Nawalpurfm

नवलपुर,असोज २ । नेपाल प्रिमियर लिग ९एनपीएल०को तेस्रो संस्करणका लागि श्रीलंकाका चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंका विराटनगर किंग्सबाट खेल्ने भएको छ । प्रभावशाली मानिने खेलाडी असलंका सन् २०२१ देखि त्यहाँको राष्ट्रिय टोलीमा छन् ।

असलंकाले सन् २०२१ मा इंग्ल्यान्डविरुद्ध एकदिवसीय तथा भारतविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । सन् २०२२ मा अस्ट्रेलियाविरुद्ध आफ्नो पहिलो एकदिवसीय शतक प्रहार गरेपछि असलंका श्रीलंकाको मध्यक्रमका भरपर्दा तथा आक्रामक ब्याटरका रूपमा स्थापित भए । बलिङतर्फ पनि योगदान दिन सक्ने उपयोगी अलराउन्डरका रूपमा उनी परिचित छन् ।

टी–२० अन्तर्राष्ट्रियमा असलंकाले अहिलेसम्म ७७ खेलमा १,४६६ रन बनाएका छन् भने ७ विकेट पनि लिएका छन् । समग्र टी–२० क्रिकेटमा उनले १८५ खेलबाट ३,७१५ रन र ३७ विकेट आफ्नो नाममा गरेका छन् ।

विराटनगर किंग्सले असलंकाको आगमनले एनपीएलको तेस्रो संस्करणका लागि टोली थप बलियो हुने विश्वास व्यक्त गरेको छ ।  असलंकाले क्यारेबियन प्रिमियर लिग (सीपीएल), लंका प्रिमियर लिग (एलपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) तथा यूएईको इन्टरनेसनल लिग टी–२० लगायतका प्रमुख फ्रेन्चाइज प्रतियोगितामा समेत खेलिसकेका छन् ।  

प्रतिकृया दिनुहोस
Nawalpurfm

टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा श्रीलंकामाथि इंग्ल्यान्डको सहज जित

नवलपुर,असोज २ । इंग्ल्यान्डले श्रीलंकासँगको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला एक खेल अगावै जितेको छ । श्रीलंकाको कार्डिफमा हिजो भएको दोस्रो खेलमा

Nawalpurfm

एशियाली खेलकुदः२ मिटरभन्दा अग्ला खेलाडीले ओछ्यानमा खुट्टा सीधा पारेर तन्काउन पनि नसक्ने

नवलपुर, असोज १ । एशियाली खेलकुदमा अग्ला खेलाडीहरूले कन्टेनरमा रहेका ओछ्यानमा आफ्ना खुट्टा तन्काउन नसक्ने अवस्था रहेको एक अधिकारीले बताएका छन्

Nawalpurfm

नेपाल र बंगलादेशबीच आउँदो चैतमा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला हुने

नवलपुर,असोज १ । नेपाल र बंगलादेशबीच यसै वर्षको चैतमा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुने भएको छ । नेपाल क्रिकेट संघ क्यान र