नेपाल र बंगलादेशबीच आउँदो चैतमा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला हुने
नवलपुर,असोज १ । नेपाल र बंगलादेशबीच यसै वर्षको चैतमा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुने भएको छ ।
नेपाल क्रिकेट संघ क्यान र बंगलादेश क्रिकेट बोर्ड बीसीबीको संयुक्त पहलमा नेपालले बंगलादेशसँग तीन खेलको द्विपक्षीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएको हो ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार तीनवटै खेल कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछन् । पहिलो खेल मार्च २६ अर्थात् चैत १२ गते, दोस्रो खेल मार्च २८ अर्थात् चैत १४ गते र तेस्रो खेल मार्च ३० अर्थात् चैत १६ गते हुनेछ ।
यो शृङ्खला नेपाली क्रिकेटका लागि ऐतिहासिक हुने क्यानले जनाएको छ । आईसीसीको पूर्ण सदस्य अर्थात् टेस्ट राष्ट्रको टोलीले नेपाल आएर द्विपक्षीय शृङ्खला खेल्न लागेको यो पहिलोपटक हो ।
यसअघि नेपालले टेस्ट राष्ट्रसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेले पनि ती खेलहरू नेपालबाहिर भएका थिए । नेपाल र बंगलादेशबीच यसअघि दुईवटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् ।
सन् २०१४ को टी–२० विश्वकपमा पहिलोपटक आमनेसामने भएका यी दुई टोलीबीच सन् २०२४ को टी–२० विश्वकपमा पनि प्रतिस्पर्धा भएको थियो । दुवै खेलमा बंगलादेश विजयी भएको थियो ।
नेपालमा हालै आएको विनाशकारी बाढीका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा नेपाल–बंगलादेश टी–२० शृङ्खला समर्पित गरिने भएको छ । क्यान र बीसीबीले क्रिकेटलाई दुई देशका नागरिकलाई जोड्ने माध्यमका रूपमा लिदै शृङ्खलामार्फत मित्रता, मानवीय संवेदना, ऐक्यबद्धता र सहकार्यको सन्देश दिने बताएका छन् ।
क्यानका सचिव पारस खड्काले बाढीबाट ज्यान गुमाएकाहरूको सम्झनामा शृङ्खला समर्पित गर्ने निर्णयले क्रिकेटभन्दा बाहिर मानवीय सम्बन्ध र दुई देशबीचको मित्रताको सन्देशसमेत प्रवाह गर्ने बताउनुभएको छ ।
शृङ्खला आयोजना गर्ने सहमतिसँगै नेपाल र बंगलादेशबीच क्रिकेट विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि समझदारी भएको छ ।

टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा श्रीलंकामाथि इंग्ल्यान्डको सहज जित
नवलपुर,असोज २ । इंग्ल्यान्डले श्रीलंकासँगको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला एक खेल अगावै जितेको छ । श्रीलंकाको कार्डिफमा हिजो भएको दोस्रो खेलमा

श्रीलंकाका क्रिकेटर चरिथ असलंकाले विराटनगर किंग्सबाट एनपीएल खेल्ने
नवलपुर,असोज २ । नेपाल प्रिमियर लिग ९एनपीएल०को तेस्रो संस्करणका लागि श्रीलंकाका चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंका विराटनगर किंग्सबाट खेल्ने भएको

एशियाली खेलकुदः२ मिटरभन्दा अग्ला खेलाडीले ओछ्यानमा खुट्टा सीधा पारेर तन्काउन पनि नसक्ने
नवलपुर, असोज १ । एशियाली खेलकुदमा अग्ला खेलाडीहरूले कन्टेनरमा रहेका ओछ्यानमा आफ्ना खुट्टा तन्काउन नसक्ने अवस्था रहेको एक अधिकारीले बताएका छन्








प्रतिकृया दिनुहोस