फोहोरमैला व्यवस्थापनबारेको नयाँ विधेयक संसदमा
नवलपुर,असोज २ । सरकारले फोहोरमैला व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ विधेयक सङ्घीय संसद्मा पेस गरेको छ । ‘फोहोरमैला व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ मा शून्य फोहोर, चक्रीय अर्थतन्त्र र उत्पादकको विस्तारित जिम्मेवारी जस्ता नयाँ र विश्वव्यापी रूपमा अभ्यास भइरहेका अवधारणाहरूलाई समेटेको छ ।
नयाँ विधेयकले फोहोर व्यवस्थापनमा सङ्घीय, प्रादेशिक र स्थानीय तहको भूमिका र अधिकारलाई स्पष्ट रूपमा बाँडफाँट गरेको छ । सङ्घीय सरकारले राष्ट्रिय नीति, मापदण्ड निर्माण र राष्ट्रिय फोहोरमैला सूचना प्रणाली (डाटाबेस) स्थापनाको काम गर्नेछ ।
प्रदेश सरकारले पालिकाहरुबीच समन्वय गर्ने र प्रादेशिक स्तरका प्रशोधन केन्द्र निर्माणमा सघाउने जिम्मेवारी पाएको छ । यस्तै फोहोरको सङ्कलन, ढुवानी, प्रशोधन र अन्तिम विसर्जनको मुख्य दायित्व पालिकलाई तोकिएको छ । यस्तै नागरिकले आफ्नो घर वा भान्साबाट निस्कने फोहोरलाई कुहिने, नकुहिने र जोखिमयुक्त गरी स्रोतमा नै अलग–अलग छुट्याएर मात्र सङ्कलन केन्द्र वा गाडीमा पठाउनुपर्ने विषय विधेयकमा उल्लेख छ ।
फोहोर जथाभाबी फाल्ने, जलाउने, छुट्याएको फोहोर मिसाउने वा व्यवस्थापनमा अवरोध गर्नेलाई कसुरको प्रकृति हेरी एक हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । वातावरण प्रदूषण रोक्न सरकारले तोकेको मापदण्डभन्दा कम गुणस्तरका प्लास्टिकका झोला वा सामग्रीको उत्पादन, बिक्री वितरण र प्रयोगमा रोक लगाउन सक्ने अधिकार पालिकालाई दिइएको छ ।
विधेयकले फोहोरबाट प्राङ्गारिक मल, बायोग्यास र ऊर्जा उत्पादनलाई उच्च प्राथमिकतामा राखेको छ । पुनः प्रयोग गर्न मिल्ने सामग्री सङ्कलनका लागि समुदायमा आधारित ‘फोहोर बैङ्क’ स्थापना गर्न सकिने व्यवस्था विधेयकमा छ ।

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस
नवलपुर,असोज २ । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९ औँ स्मृति दिवस आज कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध

बिग्रिएको सडकको जानकारी अब मोबाइल एपबाटै
नवलपुर,असोज २ । काठमाण्डौ उपत्यकामा सडक बिग्रिएको छ ? सडकमा खाल्डाखुल्डी छन्, पानी जमेको छ वा सडक निर्माणका क्रममा समस्या देखिएको छ रु अब यस्ता समस्या

भोटेकोशी बाढीपछि क्रमश : लयमा फर्कँदै पर्यटन
नवलपुर,असोज २ । भोटेकोशी बाढीपछि सुस्ताएको पर्यटन क्षेत्र क्रमशः लयमा फर्कदै गएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन गरेको








प्रतिकृया दिनुहोस