-->

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता

Nawalpurfm

नवलपुर,असोज २ । भारत भ्रमणमा रहेका अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता भएको छ ।

हिजो बेलुकी नयाँदिल्लीमा रहेको भारतीय वित्त मन्त्रालयमा उहाँहरुबीच भेटवार्ता भएको हो । त्यसक्रममा उहाँहरुबीच भोटेकोशी बाढीपछिको पुनर्निर्माण, व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटीलगायत विषयमा छलफल भएको दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

भारत सरकारको निमन्त्रणामा अर्थमन्त्री वाग्ले तीनदिने भ्रमणका लागि हिजो नयाँदिल्ली जानुभएको हो । भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले विदेशमन्त्री एस। जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

आज बिहान पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । त्यसपछि विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 
 

प्रतिकृया दिनुहोस
Nawalpurfm

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

नवलपुर,असोज २ । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९ औँ स्मृति दिवस आज कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध

Nawalpurfm

बिग्रिएको सडकको जानकारी अब मोबाइल एपबाटै

नवलपुर,असोज २ । काठमाण्डौ उपत्यकामा सडक बिग्रिएको छ ? सडकमा खाल्डाखुल्डी छन्, पानी जमेको छ वा सडक निर्माणका क्रममा समस्या देखिएको छ रु अब यस्ता समस्या

Nawalpurfm

भोटेकोशी बाढीपछि क्रमश : लयमा फर्कँदै पर्यटन

नवलपुर,असोज २ । भोटेकोशी बाढीपछि सुस्ताएको पर्यटन क्षेत्र क्रमशः लयमा फर्कदै गएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन गरेको