-->

मनास्लु आरोहण शुरु

Nawalpurfm

नवलपुर,असोज १ । शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण शुरु भएको छ ।

यो याममा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका ४६६ जना आरोहीले गएको मङ्गलबारदेखि आरोहण शुरु गरेका हुन् । ३९ समूहमा ३४२ जना पुरुष र १२४ जना महिला आधार शिविरबाट आरोहणका लागि प्रस्थान गरेका छन् ।

आधार शिविरमा लामा गुरुले पूजा गरेर आरोहणको साइत गरिएको आरोहीका सहयोगी विसबहादुर गुरुङले जानकारी दिनुभयो । आरोरीहरूले अबको एक दुईदेखि तीन हप्ताभित्र आरोहण गरिसक्ने गुरुङको भनाइ छ ।

यो याममा नेपाल सरकारले मनास्लु आरोहण गर्नेहरूबाट २१ करोड २४ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गरेको पर्यटन विभागले जनाएको छ । मनास्लु आरोहण गर्ने आरोहीको यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । साथै राजस्व पनि अहिलेसम्मकै धेरै हो ।

गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा रहेको मनास्लु सन् १९५६ मे ९ देखि आरोहण गर्न शुरु गरिएको थियो । समुद्री सतहबाट ८ हजार १६३ मिटर अग्लो यो विश्वकै आठौँ अग्लो हिमाल हो ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

मनाङका हिमतालको जोखिममा मस्र्याङ्दी नदी करिडोर

नवलपुर,भदौ ३१ । मनाङका हिमतालमा देखिएको जोखिमले मस्र्याङ्दी नदी आसपासको तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढाएको छ । भोटेकोशीमा आएको बाढीले

Nawalpurfm

मुस्ताङमा आजदेखि घरपझोङ जलवायु सम्मेलन शुरु हुँदै

नवलपुर,भदौ ३० । हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ शुरु हुँदैछ । सम्मेलनमा सहभागीताका लागि

Nawalpurfm

कास्कीको किम्रुङ खोलाको बहाव रोकियो, मोदीखोला र तटीय क्षेत्रमा सतर्कता अपनाउन

नवलपुर,भदौ २४ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ किम्रुङ खोलाको बहाव रोकिएको छ । हिजो बेलुका पहिरो खसेर किम्रुङ खोला थुनिएको हुन सक्ने अनुमानसहित