मुस्ताङमा आजदेखि घरपझोङ जलवायु सम्मेलन शुरु हुँदै
नवलपुर,भदौ ३० । हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ शुरु हुँदैछ ।
सम्मेलनमा सहभागीताका लागि आयोजक घरपझोङ गाउँपालिकाले यसअघि सबै पालिकालाई पत्राचार गरेको थियो । सम्मेलनमा ४२० भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो ।
सम्मेलनमा ३६ वटा जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ । जलवायु परिवर्तनले हिमाल, पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलनलगायतका विषयमा साझा धारण तय गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न मुस्ताङमा पहिलोपटक ऐतिहासिक रूपमा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ गर्न लागिएको आयोजकले जनाएको छ ।
सम्मेलनका लागि मुस्ताङका अन्य चार पालिकाले पनि सहयोग गरेका छन् । घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले सम्मेलन ‘साझा पृथ्वी, साझा दायित्व स् जलवायु न्यायमा सामुहिक ऐक्यवद्धता’ साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ ।
सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्नुहुनेछ । यस्तै, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनुहुनेछ । भोलिसम्म चल्ने सम्मेलनले घरपझोङ घोषणापत्र जारी गर्नेछ ।
गएको भदौ १० गते भोटेकोशीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरपझोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो ।

मनास्लु आरोहण शुरु
नवलपुर,असोज १ । शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण शुरु भएको छ । यो याममा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका ४६६ जना आरोहीले गएको मङ्गलबारदेखि

मनाङका हिमतालको जोखिममा मस्र्याङ्दी नदी करिडोर
नवलपुर,भदौ ३१ । मनाङका हिमतालमा देखिएको जोखिमले मस्र्याङ्दी नदी आसपासको तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढाएको छ । भोटेकोशीमा आएको बाढीले
-17840919862026-09-09-06-02-41.png)
कास्कीको किम्रुङ खोलाको बहाव रोकियो, मोदीखोला र तटीय क्षेत्रमा सतर्कता अपनाउन
नवलपुर,भदौ २४ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ किम्रुङ खोलाको बहाव रोकिएको छ । हिजो बेलुका पहिरो खसेर किम्रुङ खोला थुनिएको हुन सक्ने अनुमानसहित








प्रतिकृया दिनुहोस