कास्कीको किम्रुङ खोलाको बहाव रोकियो, मोदीखोला र तटीय क्षेत्रमा सतर्कता अपनाउन
नवलपुर,भदौ २४ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ किम्रुङ खोलाको बहाव रोकिएको छ ।
हिजो बेलुका पहिरो खसेर किम्रुङ खोला थुनिएको हुन सक्ने अनुमानसहित मोदी खोला र तल्लो तटीय क्षेत्रका बासिन्दालाई आज बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की, बाढी पूर्वानुमान महाशाखा र विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले मोदीखोला र त्यसको जलाधार क्षेत्रमा रहेका बस्तीलाई सतर्क रहन आग्रह गरेका हुन् ।
थुनिएको पानी एक्कासी बगेमा त्यसले मोदी खोलामा बाढीसहित कास्कीको नयाँपुल, वीरेठाँटी हुँदै पर्वत, स्याङ्जा र पाल्पाको नदी किनारका बस्तीमा असर पर्न सक्छ । किम्रुङखोला झिनुमा पुगेर मोदीखोलामा मिसिन्छ । साथै कालीगण्डकी नदीमा समेत बाढी आउन सक्छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले पहिरोले खोला थुनिएको खबर प्राप्त भएपछि स्थानीयबासीन्दालाई माइकिङसहित सचेत बनाएको र तटीय क्षेत्रमा पनि सतर्कता बढाइएको बताउनुभयो ।
पहिरोले थुनिएको किम्रुङ खोलाको अवस्था बुझ्ने प्रयास भैरहेको पनि उहाँले बताउनुभएको छ । बाढी पूर्वानुमान महाशाखाले रातिको समयमा थुनिएको क्षेत्रमा पुग्न तथा जोखिम आँकलन गर्न कठिन भएकाले कालिगण्डकीको दोभानसम्म आज बिहानसम्म नै सतर्क रहन आग्रह गरेको छ ।

मनास्लु आरोहण शुरु
नवलपुर,असोज १ । शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण शुरु भएको छ । यो याममा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका ४६६ जना आरोहीले गएको मङ्गलबारदेखि

मनाङका हिमतालको जोखिममा मस्र्याङ्दी नदी करिडोर
नवलपुर,भदौ ३१ । मनाङका हिमतालमा देखिएको जोखिमले मस्र्याङ्दी नदी आसपासको तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढाएको छ । भोटेकोशीमा आएको बाढीले

मुस्ताङमा आजदेखि घरपझोङ जलवायु सम्मेलन शुरु हुँदै
नवलपुर,भदौ ३० । हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ शुरु हुँदैछ । सम्मेलनमा सहभागीताका लागि








प्रतिकृया दिनुहोस