इरानको आणविक कार्यक्रममाथि अन्तर्राष्ट्रिय दबाब थप बढ्दो
नवलपुर,भदौ २१ । अमेरिका, बेलायत, फ्रान्स र जर्मनीले इरानको आणविक कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय दबाब थप बढाउने तयारी गरेका छन् ।
चार देशले राष्ट्रसंघको आणविक निगरानी संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को बोर्ड अफ गभर्नर्ससमक्ष इरानले आणविक अप्रसारसम्बन्धी आफ्ना कानुनी दायित्व पालना नगरेको विषय संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा पठाउने प्रस्ताव अघि बढाउने तयारी गरेका हुन् ।
प्रस्ताव अहिले वार्ताको चरणमा रहेको र आईएईए बोर्डसमक्ष औपचारिक रूपमा प्रस्तुत भइनसकेको एएफपीले जनाएको छ । प्रस्तावमा आईएईएका महानिर्देशक राफेल ग्रोसीलाई यसअघि पारित गरिएका सम्बन्धित प्रस्तावहरू आईएईएका सबै सदस्य राष्ट्रसँगै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् र महासभासम्म पुर्याउन आग्रह गरिएको छ ।
प्रस्तावमा इरानको आणविक कार्यक्रमबाट उत्पन्न चुनौतीको कूटनीतिक समाधान खोज्नुपर्नेमा समेत जोड दिइएको छ । साथै, सबै पक्षलाई वार्तामा रचनात्मक रूपमा सहभागी हुन आह्वान गरिएको छ । सन् २०२५ मा अमेरिका र इजरायलले इरानका आणविक स्थलमा आक्रमण गरेपछि इरानले प्रभावित आणविक स्थलमा आईएईएका निरीक्षकलाई प्रवेश दिएको छैन ।
आईएईएले निरीक्षकलाई प्रवेश नदिइनु तथा आणविक सामग्रीको अवस्थाबारे पुष्टि हुन नसक्नुले आणविक प्रसारको जोखिम बढाएको चेतावनी दिँदै यस विषयमा तत्काल ध्यान दिन आवश्यक रहेको बताउँदै आएको छ ।
आईएईएका अनुसार इरानसँग ४४० दशमलव ९ किलोग्राम युरेनियमको भण्डार छ, जसलाई ६० प्रतिशतसम्म शुद्धतामा समृद्ध पारिएको छ । आणविक हतियार निर्माणका लागि सामान्यतया झण्डै ९० प्रतिशत शुद्धता भएको युरेनियम आवश्यक मानिन्छ ।

स्वीडेनका प्रधानमन्त्री क्रिस्टर्सनद्वारा राजीनामा दिने घोषणा
नवलपुर,असोज २ । स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले राजीनामा दिने घोषणा गर्नुभएको छ । संसदीय निर्वाचनमा वामपन्थी तथा मध्य–वामपन्थी

इरानी प्रतिनिधिलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने
नवलपुर,असोज २ । अमेरिकाले इरानका राष्ट्रपति मसुद पेजेस्कियन र विदेशमन्त्री अब्बास अराघ्चीलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन भिसा दिने

अमेरिकामा तीन वर्षपछि पहिलोपटक ब्याजदर वृद्धि
नवलपुर,असोज १ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले तीन वर्षभन्दा बढी समयपछि पहिलोपटक ब्याजदर बढाएको छ । फेडरल रिजर्भले ब्याजदर शून्य दशमलव २५








प्रतिकृया दिनुहोस