-->

अमेरिकामा तीन वर्षपछि पहिलोपटक ब्याजदर वृद्धि

Nawalpurfm

नवलपुर,असोज १ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले तीन वर्षभन्दा बढी समयपछि पहिलोपटक ब्याजदर बढाएको छ ।

फेडरल रिजर्भले ब्याजदर शून्य दशमलव २५ प्रतिशत बिन्दुले बढाएर ३ दशमलव ७५ देखि ४ प्रतिशत पुर्‍याएको हो । बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्ने उद्देश्यले ब्याजदर बढाउने निर्णय गरिएको फेडरल बैकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

फेडरल रिजर्भका अध्यक्ष केभिन वार्शले मुद्रास्फीति अझै उच्च रहेको र लामो समयदेखि लक्ष्यभन्दा माथि रहेको भन्दै ब्याजदर वृद्धि जिम्मेवार निर्णय भएको बताउनुभएको छ ।

अमेरिकामा मुद्रास्फीति २ प्रतिशतको लक्ष्यभन्दा पाँच वर्षभन्दा लामो समयदेखि माथि रहेको उहाँको भनाइ छ । ब्याजदर वृद्धिले घर, गाडी तथा अन्य कर्जा लिन महँगो हुने तथा क्रेडिट कार्ड र व्यक्तिगत ऋणको ब्याज पनि बढ्न सक्ने अनुमान छ ।

केन्द्रिय बैंकको निर्णयपछि अमेरिकाका प्रमुख बैंक जेपी मोर्गन, की–कर्प र बीएनवाईले आफ्नो प्राइम लेन्डिङ रेट ६ दशमलव ७५ प्रतिशतबाट बढाएर ७ प्रतिशत पुर्‍याएका छन् ।

अमेरिकामा ३० वर्ष अवधिको स्थिर ब्याजदरको घर कर्जाको औसत दर ६ दशमलव ७६ प्रतिशत तथा १५ वर्षे कर्जाको दर ६ दशमलव ०९ प्रतिशत रहेको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने फेडको निर्णयप्रति असन्तुष्टि जनाउँदै ब्याजदर १ प्रतिशत वा त्यसभन्दा कम हुनुपर्ने बताउनुभएको छ । उहाँले तत्काल ब्याजदर घटाउनुपर्ने धारणा सार्वजनिक गर्नुभएको खबरमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

स्वीडेनका प्रधानमन्त्री क्रिस्टर्सनद्वारा राजीनामा दिने घोषणा

नवलपुर,असोज २ । स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले राजीनामा दिने घोषणा गर्नुभएको छ । संसदीय निर्वाचनमा वामपन्थी तथा मध्य–वामपन्थी

Nawalpurfm

इरानी प्रतिनिधिलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने

नवलपुर,असोज २ । अमेरिकाले इरानका राष्ट्रपति मसुद पेजेस्कियन र विदेशमन्त्री अब्बास अराघ्चीलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन भिसा दिने

Nawalpurfm

व्यापार प्रणाली कमजोर भए विश्वको जीडीपी १० प्रतिशतसम्म घट्ने डब्लूटीओको चेतावनी

नवलपुर,भदौ ३१ । विश्व व्यापार सङ्गठन (डब्लूटीओ)ले विश्वव्यापी व्यापार प्रणालीलाई आधुनिकीकरण गर्न नसके बलियो बहुपक्षीय प्रणालीको तुलनामा सन् २०५०