टप एण्ड टी–२० शृंखलामा नेपालको लगातार दोस्रो जित
नवलपुर,भदौ ११ । कप्तान कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपाल ‘ए’ले अस्ट्रेलियामा चलिरहेको टप एन्ड टी–२० शृंखलामा लगातार दोस्रो जित दर्ता गरेको छ । नेपालले हिजो अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई ४ विकेटले पराजित गर्यो ।
डार्विनको मरारा क्रिकेट मैदानमा एसीटीले दिएको १४१ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा ग¥यो । नेपालका कुशलले सर्वाधिक ६१ रनको योगदान गरे । उनले ४७ बलमा पाँच चौका र एक छक्का प्रहार गरे ।
यसैगरी, पवन सराफले अविजित २९, मयन यादवले २१ र लोकेश बमले १२ रन बनाए । एसीटीका जेक केओघले तीन र जित मेहताले दुई विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एसीटीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४० रनको योगफल तयार पारेको थियो ।
एसीटीका डिलन हन्टरले ४४, अंश तिवारी र कप्तान निक ब्रोएसले १९–१९ तथा जेक स्मिथले १४ रन बनाए । नेपालका भुर्तेलले तीन, युवराज खत्रीले दुई तथा साहब आलम, पवन सराफ र विपिन खत्रीले एक–एक विकेट लिए जितसँगै नेपालले चार खेलमा चार अंक जोडेको छ । चारै खेलमा पराजित एसीटी अंकविहीन छ ।
यसअघि नर्दन टेरिटोरी स्ट्राइकसँग ८ तथा बंगलादेश हाइ प्रफर्मेन्स टिमसँग ९ विकेटको फराकिलो हार व्यहोरेको नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ३९ रनले पराजित गरेको थियो । नेपालले आज किंग्समेन एकेडेमीसँग खेल्दैछ ।

प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले आज बहराइनको सामना गर्दै
नवलपुर,भदौ, १५ । मलेसियामा जारी एसीसी मेन्स प्रिमियर कप क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल बहराइनसँग खेल्दैछ । समूह ‘ए’ अन्तर्गतको खेल

वीरगन्जमा आज एनभीएलको ट्रफी टुर गराइँदै
नवलपुर,भदौ १० । आज वीरगन्जमा नेपाल भलिबल लिग (एनभीएल) को ट्रफी टुर हुने भएको छ । काठमाण्डौ उपत्यकाबाहिर पहिलो पटक ट्रफी टुर गर्न लागिएको हो । नेपाल

अभ्यास खेलमा नेपालले मलेशियालाई ९ विकेटले हरायो
नवलपुर, भदौ ९ । नेपालले एसीसी प्रिमियर कपअघि भएको एकदिवसीय अभ्यास खेलमा मलेशियालाई डीएसएल नियमका आधारमा ९ विकेटले हराएको छ । मलेशियाले दिएको २३३









प्रतिकृया दिनुहोस