-->

वीरगन्जमा आज एनभीएलको ट्रफी टुर गराइँदै

Nawalpurfm

नवलपुर,भदौ १० । आज वीरगन्जमा नेपाल भलिबल लिग (एनभीएल) को ट्रफी टुर हुने भएको छ ।

काठमाण्डौ उपत्यकाबाहिर पहिलो पटक ट्रफी टुर गर्न लागिएको हो । नेपाल भलिबल लिगमा मधेशको प्रतिनिधित्व गर्ने टोली मधेश वारियर्सको समन्वयमा आज वीरगन्जमा र भोलि जनकपुरमा ट्रफी टुर हुन लागेको नेपाल भलिबल संघले जनाएको छ ।

नेपालमै पहिलो पटक हुन लागेको पुरुष फ्रेन्चाइज लिग एनभीएलको ट्रफी यसअघि ऐतिहासिक पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर र वसन्तपुर दरबार स्क्वायरमा अनावरण गरिएको थियो ।

नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपले आयोजना गर्ने एनभीएलको पहिलो संस्करण यही भदौ १९ देखि २७ गतेसम्म त्रिपुरेश्वरमा रहेको राखेप कभर्डहलमा हुनेछ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले आज बहराइनको सामना गर्दै

नवलपुर,भदौ, १५ ।  मलेसियामा जारी एसीसी मेन्स प्रिमियर कप क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल बहराइनसँग खेल्दैछ । समूह ‘ए’ अन्तर्गतको खेल

Nawalpurfm

टप एण्ड टी–२० शृंखलामा नेपालको लगातार दोस्रो जित

नवलपुर,भदौ ११ । कप्तान कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपाल ‘ए’ले अस्ट्रेलियामा चलिरहेको टप एन्ड टी–२० शृंखलामा लगातार दोस्रो जित दर्ता

Nawalpurfm

अभ्यास खेलमा नेपालले मलेशियालाई ९ विकेटले हरायो

नवलपुर, भदौ ९ । नेपालले एसीसी प्रिमियर कपअघि भएको एकदिवसीय अभ्यास खेलमा मलेशियालाई डीएसएल नियमका आधारमा ९ विकेटले हराएको छ । मलेशियाले दिएको २३३