अस्ट्रेलियाले बङ्गलादेशलाई दोस्रो दिनमै हरायो
नवलपुर,भदौ ७ । बङ्गलादेशसँगको दोस्रो तथा अन्तिम टेस्ट घरेलु टोली अस्ट्रेलियाले एक पारी र ५१ रनले जितेको छ । म्याकेमा भएको टेस्ट अस्ट्रेलियाले दोस्रो दिनमा नै जितेको हो ।
बङ्गलादेश दोस्रो पारीमा ९५ रनमा अलआउट भयो । बङ्गलादेशका कप्तान नजमुल होसैन शान्तोले ३१, मुशफिकर रहिमले नटआउट २९ रन बनाए । अस्ट्रेलियाका मिचेल स्टार्कले ४ विकेट लिए ।
यस्तै बङ्गलादेश पहिलो पारीमा ६४ रनमा अलआउट भएको थियो । बङ्गलादेशका शोरिफुल इस्लामले १४ रन बनाए । अस्ट्रेलियाका मिचेल स्टार्कले ६ विकेट लिए ।
अस्ट्रेलियाले पहिलो पारीमा २१० रन बनाएको थियो । अस्ट्रेलियाका क्यामरन ग्रीनले ६७, स्टेभेन स्मिथले ४२ रन बनाए । बङ्गलादेशका शोरिफुल इस्लामले ७ विकेट लिए ।
योसँगै दुई खेलको शृङ्खला १–१ को बराबरीमा सकिएको छ । पहिलो टेस्ट बङ्गलादेशले ९ विकेटले जितेको थियो ।
७५० बलमै सकिएको यो खेल सर्वकालीन चौथो छोटो र अस्ट्रेलियामा भएको दोस्रो छोटो टेस्ट बनेको छ ।
यस्तै बङ्गलादेश टेस्ट क्रिकेटको दुवै पारीमा १०० रनभन्दा कममा अलआउट हुने समग्रमा नवौँ र विगत २१ वर्षयताकै पहिलो टोली छ ।
यसअघि सन् २००५ मा न्युजिल्यान्डसँगको खेलमा जिम्बावे पहिलो पारीमा ५९ र दोस्रो पारीमा ९९ रनमा अलआउट भएको थियो ।

नेपाल ‘ए’ टोलीको पहिलो जित, होबार्ट हुरिकेन्स ३९ रनले पराजित
नवलपुर,भदौ ९ । नेपाल ‘ए’ क्रिकेट टोलीले टप एन्ड टी–२० शृङ्खलामा पहिलो जित निकालेको छ । अस्ट्रेलियामा चलिरहेको शृङ्खलाअन्तर्गत हिजो भएको आफ्नो

जिम्बाब्वेका सिकन्दर राजाले चितवन राइनोजबाट एनपीएल खेल्ने
नवलपुर,भदौ ७ । जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन चितवन राइनोजबाट खेल्ने भएका छन् । चितवन राइनोजले

टप एन्ड टी–२० श्रृंखलामा नेपालले आज पहिलो खेल नर्दन टेरिटोरीसँग खेल्दै
नवलपुर,भदौ ५ । अष्ट्रेलियामा आजदेखि शुरु हुने टप एन्ड टी–२० श्रृंखलामा नेपाल ‘ए’ ले पहिलो खेल आज नर्दन टेरिटोरी स्ट्राइकसँग खेल्दैछ । यो खेल







प्रतिकृया दिनुहोस