-->

कालीगण्डकी करिडोरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, गैँडाकोटमा एक अचेत पुरुष फेला

Nawalpurfm

नवलपुर, भदौ ५ । नवलपुरको गैँडाकोटगैँडाकोट नगरपालिका–३ मा शनिबार महेशखोला नजिकै कालीगण्डकी करिडोरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गैँडाकोट नगरपालिका–३ महेशखोला नजिकै कालीगण्डकी करिडोरमा भएको मोटरसाइकल दुर्घटनामा बुलिङटारका हिराबहादुर सारुको मृत्यु भएको प्रहरीले जनाएको छ।

बुलिङटारबाट ढोडेनीतर्फ आउँदै गरेको ना।२९ प ६७०७ नम्बरको मोटरसाइकल उकालो सडकमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो। दुर्घटनामा अन्दाजी ४०र४२ वर्षीय सारुको अनुहारमा चोट लागेको थियो।

बुलिङटार घर भई हाल गैँडाकोट–३ ढोडेनीस्थित मामाको घरमा बस्दै आएका उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल, चितवन पठाइएको थियो। उपचारकै क्रममा शनिबार दिउँसो ३ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा परेको मोटरसाइकल भने घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

यसैबीच, गैँडाकोट नगरपालिका–७ स्थित जयश्री पुल नजिकैको काठको टहरोमा अन्दाजी ६०र६५ वर्षीय एक पुरुष अचेत अवस्थामा फेला परेका छन्। उनको नाम, थर र स्थायी ठेगाना खुल्न सकेको छैन।

नाक र मुखबाट फिँज निस्किएको तथा बोल्न नसक्ने अवस्थामा भेटिएका ती पुरुषलाई तत्काल उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।

दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

देवचुली र गैंडाकोटको साझेदारीमा दमकल सेवा सुरु

नवलपुर, भदौ ८ । आगलागी तथा अन्य विपद्का घटनामा नागरिकको सुरक्षा र उद्धारलाई प्रभावकारी बनाउने उद्देश्यले देवचुली र गैंडाकोट नगरपालिकाले लागत

Nawalpurfm

प्याब्सन नवलपुरको जिल्ला स्तरीय अङ्ग्रेजी स्क्राबल प्रतियोगिता सम्पन्न

नवलपुर,भाद्र ८ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नवलपुरको आयोजनामा जिल्ला स्तरीय English Scrabble Competition–२०८३ सम्पन्न भएको

Nawalpurfm

मध्यविन्दु स्काइलाइन स्काइलाइनमा ‘अर्थ डे’को अवसरमा विद्यार्थी–शिक्षक फूलबारी स्थापना

नवलपुर,भदौ ६ । मध्यविन्दु स्काइलाइन एकेडेमीले  शुक्रबार “स्काइलाइन अगस्ट अर्थ डे” विशेष कार्यक्रमका रूपमा मनाउँदै “स्काइलाइन विद्यार्थी तथा