प्याब्सन नवलपुरको जिल्ला स्तरीय अङ्ग्रेजी स्क्राबल प्रतियोगिता सम्पन्न
नवलपुर,भाद्र ८ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नवलपुरको आयोजनामा जिल्ला स्तरीय English Scrabble Competition–२०८३ सम्पन्न भएको छ।
प्याब्सन नवलपुरसँग आबद्ध संस्थागत विद्यालयहरूबीच पहिलो चरणमा विभिन्न पालिकास्तरमा छनोट प्रतियोगिता सञ्चालन गरिएको थियो। पालिकास्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरूबीच जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा प्याप्सन गण्डकी प्रदेशका अध्यक्ष प्रकाश खनालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा प्याप्सन गण्डकी प्रदेशका सहकोषाध्यक्ष बालकृष्ण थापा, प्याप्सन नवलपुर जिल्ला कार्यसमितिका पदाधिकारी, ६ वटा पालिकाका विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि तथा १४ विद्यालयका १७ जना विद्यार्थीको सहभागिता रहेको थियो।
अङ्ग्रेजी शब्द निर्माणसँग सम्बन्धित खेलका रूपमा खेलिने स्क्राबलले विद्यार्थीलाई मनोरञ्जनसँगै नयाँ–नयाँ अङ्ग्रेजी शब्दावली सिक्ने अवसर प्रदान गर्ने भएकाले पछिल्लो समय यस्ता प्रतियोगिता विद्यार्थीमाझ थप लोकप्रिय र उपयोगी बन्दै गएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सिद्धार्थ शान्ति निकेतन हुप्सेकोट–गिरुबारी विद्यालयका दिक्पाल कार्की प्रथम भएका छन्। त्यस्तै विश्वज्योति माध्यमिक विद्यालयका प्रनिश बास्तोला द्वितीय र सोही विद्यालयकी ज्योति बास्तोला तृतीय भएकी छन्। लुम्बिनी आवासीय माध्यमिक विद्यालयका दर्शन महतोले सान्त्वना स्थान हासिल गरेका छन्।
कार्यक्रमको सञ्चालन प्याप्सन नवलपुरका सचिव कान्तमणि चौधरीले गर्नुभयो थियो भने भने प्याब्सन नवलपुरका उपाध्यक्ष प्रदीप बास्तोलाले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रममा प्याब्सन कावासोतीका अध्यक्ष तिलक तिवारीले सहभागी तथा विजेता विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा प्याब्सन नवलपुरका अध्यक्ष हरिहर अधिकारीले प्रतियोगितामा विजेता विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनमा थप सफलता हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीहरूको शैक्षिक विकाससँगै उनीहरूमा रहेको प्रतिभा, क्षमता र प्रतिस्पर्धात्मक भावनालाई प्रोत्साहन गर्न प्याब्सनले यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएको बताउनुभएको थियो।
जिल्ला कार्यसमितिले विद्यार्थीहरूको ज्ञान, क्षमता, शब्दभण्डार तथा प्रतिस्पर्धात्मक भावनाको विकासका लागि यस्ता शैक्षिक तथा सिर्जनात्मक प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।
प्याप्सन नवलपुर जिल्ला कार्यसमितिले विद्यार्थीहरूको ज्ञान, क्षमता र प्रतिस्पर्धात्मक भावनाको विकासका लागि यस्ता शैक्षिक तथा सिर्जनात्मक प्रतियोगितालाई निरन्तरता दिने जनाएको छ।

देवचुली र गैंडाकोटको साझेदारीमा दमकल सेवा सुरु
नवलपुर, भदौ ८ । आगलागी तथा अन्य विपद्का घटनामा नागरिकको सुरक्षा र उद्धारलाई प्रभावकारी बनाउने उद्देश्यले देवचुली र गैंडाकोट नगरपालिकाले लागत

मध्यविन्दु स्काइलाइन स्काइलाइनमा ‘अर्थ डे’को अवसरमा विद्यार्थी–शिक्षक फूलबारी स्थापना
नवलपुर,भदौ ६ । मध्यविन्दु स्काइलाइन एकेडेमीले शुक्रबार “स्काइलाइन अगस्ट अर्थ डे” विशेष कार्यक्रमका रूपमा मनाउँदै “स्काइलाइन विद्यार्थी तथा

कालीगण्डकी करिडोरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, गैँडाकोटमा एक अचेत पुरुष फेला
नवलपुर, भदौ ५ । नवलपुरको गैँडाकोटगैँडाकोट नगरपालिका–३ मा शनिबार महेशखोला नजिकै कालीगण्डकी करिडोरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ




प्रतिकृया दिनुहोस