तीन दिनदेखि हराएको बालकको सकुशल उद्धार
नवलपुर,भदौ ४ । नवलपरको गैडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई वर्षीय बालक शिवान तामाङलाई तीन दिनपछि सकुशल उद्धार गरिएको छ।
गत भदौ २ गते बिहान करिब ७ बजे हजुरआमा हेमकुमारी आले च्याउ टिप्न शंखदेवी सामुदायिक वनतर्फ गएका बेला बालक शिवान घरमा नभएको पत्ता लागेको थियो। त्यसपछि परिवार तथा स्थानीय बासिन्दाले वरपर र वन क्षेत्रमा खोजतलास गरे पनि बालक फेला नपरेका स्थानीय ले बताए ।
बालक हराएको सम्बन्धमा निवेदन परेपछि इलाका प्रहरी कार्यालय गैडाकोट, रजहर तथा अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट प्रहरी टोली परिचालन गरिएको थियो। स्थानीय बासिन्दासमेतको सहयोगमा निरन्तर खोजीकार्य जारी राखिएको प्रहरीले जनाएको छ।
खोजतलासकै क्रममा भदौ ४ गते विहीबार बिहान करिब १० बजे गैडाकोट नगरपालिका–१४ स्थित शंखदेवी सामुदायिक वनको भागर खोलाको सिरान क्षेत्रमा बालक शिवान फेला पर्नुभएको थियो ।
प्रहरी र स्थानीयको संयुक्त प्रयासमा बालकलाई सकुशल उद्धार गरी आवश्यक प्रक्रिया पूरा गरेपछि सम्बन्धित आफन्तको जिम्मा लगाइएको जिल्ला प्रही कार्यलय नवलपुरले जनाएको छ ।

विज्ञान विषयक शैक्षिक भ्रमण: सिकाइ र खोजको अविस्मरणीय यात्रा
नवलपुर,भदौ ४ । मध्यबिन्दु स्काइलाइन एकेडेमीका कक्षा ८, ९ र १० का विद्यार्थीहरूले सौराहा, चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एकदिने विज्ञान विषयक

मध्यविन्दुमा प्यान वितरणसम्बन्धी सेवा प्रवाह भदौ ४ गते शुभारम्भ हुँदै
नवलपुर,भदौ २ । मध्यविन्दु नगरपालिकाले नगरवासीलाई स्थायी लेखा नम्बर (प्यान) लिन सहज बनाउने उद्देश्यले नगरपालिकाबाटै प्यान वितरणसम्बन्धी सेवा
.2026-08-18-03-41-28.jpeg)
नवलपुरमा भन्सार छलीका ६२ लाख बढीका कपडा बरामद
नवलपुर,भदौ २ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुर प्रहरीले ठूलो परिमाणमा भन्सार छली गरी ओसारपसार भइरहेको कपडा तथा अन्य सामान बरामद गरेको




प्रतिकृया दिनुहोस