भदौ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक
नवलपुर, साउन ३१ । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् ।
साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको छ । २० वटा वाणिज्य बैंकमध्ये भदौ महिनाका लागि ५ वटाले ब्याजदर घटाएका छन् भने बाँकी १५ वटाले पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
भदौका लागि नेपाल बैंक, सिटिजन्स, स्टान्डर्ड चार्टर्ड बैंक, कुमारी र सिद्धार्थ बैंकले मुद्दतीको ब्याजदर घटाएका छन् । सबैभन्दा धेरै ब्याजदर घटाउनेमा सिद्धार्थ बैंक र नेपाल बैंक रहेका छन् । सिद्धार्थले व्यक्तिगत तर्फ ०.२९ प्रतिशत र संस्थागत तर्फ ०.२० प्रतिशतले ब्याजदर कटौती गरेको छ । त्यस्तै, नेपाल बैंकले व्यक्तिगततर्फ ०.१ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशतले ब्याजदर घटाएको छ ।
नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबी, सानिमा, माछापुच्छ्रे, कृषि विकास, नेपाल एसबिआई, एभरेष्ट, हिमालयन, लक्ष्मी सनराइज, एनआइसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल र ग्लोबल आइएमई गरी १५ वटा बैंकले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन् ।

चार कारोबार दिनपछि बढ्यो शेयर बजार
नवलपुर, भदौ ४ । लगातार चार कारोबार दिन घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से ७.१७ अङ्कले बढेर २ हजार ६२९.४० विन्दुमा पुगेको छ । आज विकास

शेयर बजार १९ अङ्कले घट्यो
नवलपुर, भदौ २ । हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से १९.३४ अङ्कले घटेर २ हजार ६२२.४८ विन्दुमा झरेको छ

सुनचाँदीको भाउ बढ्यो
नवलपुर,भदौ १ । कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ हजार ८०० रुपैयाँमा




.2026-08-18-03-41-28.jpeg)

प्रतिकृया दिनुहोस