-->

विनयी त्रिवेणीमै खुल्यो PAN सेवा, सेवाग्राहीलाई अब सहज

Nawalpurfm


नवलपुर,भदौ १ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाबाटै स्थायी लेखा नम्बर PAN वितरण सेवा सुरु भएको छ।

गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रममार्फत स्थानीय तहमै एब्ल् सम्बन्धी सेवा प्रवाहको औपचारिक सुरुवात गरिएको हो। यससँगै गाउँपालिकाभित्रका नागरिकले स्थायी लेखा नम्बर लिन अन्यत्र जानुपर्ने बाध्यता हट्ने भएको छ।

गाउँपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय कावासोतीबाट PAN वितरण सेवा सञ्चालनमा ल्याइएको हो। सेवाको शुभारम्भ गाउँपालिका अध्यक्ष घनश्याम गिरी र आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत युगल किशोर गौतमले संयुक्त रूपमा पहिलो PAN हस्तान्तरण गरेर गर्नुभएको थियो।

स्थानीय तहमै PAN सेवा उपलब्ध भएपछि सेवाग्राहीको समय र खर्च दुवै बचत हुने तथा करसम्बन्धी सेवा लिन थप सहज हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गिरीले पालिकाबाटै PAN वितरण सुरु भएपछि स्थानीय नागरिकलाई महत्वपूर्ण सुविधा पुगेको बताउनुभयो। उहाँले नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले आगामी दिनमा पनि सेवा सहज र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिकृया दिनुहोस
Nawalpurfm

नवलपुरमा भन्सार छलीका ६२ लाख बढीका कपडा बरामद

नवलपुर,भदौ २ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुर प्रहरीले ठूलो परिमाणमा भन्सार छली गरी ओसारपसार भइरहेको कपडा तथा अन्य सामान बरामद गरेको

Nawalpurfm

देवचुलीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक घाइते

नवलपुर,साउन २८ । नवलपुरको देवचुली नगरपालिका–१७ झरहेखोलास्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। बिहीबार बिहान

Nawalpurfm

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कावासोतीमा २ दिने नमुना युवा नगरसभा सम्पन्न

विमा गाहा मगर । नवलपुर,साउन २५ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नवलपुरको कावासोतीमा दुईदिने नमुना युवा नगरसभा सम्पन्न भएको छ। कावासोती