-->

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

Nawalpurfm

नवलपुर, साउन २७ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले पेट्रोलियम पदार्थको कालोबजारी गर्ने पेट्रोलपम्प, पेट्रोल ढुवानी गर्ने ट्याङ्कर तथा ग्यास डिलरको इजाजत खारेज गर्नेसम्मको अधिकतम कारबाही गर्न सम्बन्धित निकायलाई अनुरोध गर्नुभएको छ ।


समितिले आज सिंहदरबारमा आयोजना गरेको ‘अत्यावश्यक दैनिक खाद्यवस्तुको सहज आपूर्ति व्यवस्थापनबारे सरोकारवाला निकायसँगको छलफल’ कार्यक्रममा सभापति अन्सारीले कालोबजारी गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिनुभएको हो ।


सभापति अन्सारीले पेट्रोलियम पदार्थसम्बन्धी ऐन तथा कालोबजारी नियन्त्रणसम्बन्धी विधेयक तयार गर्न आवश्यक तयारी अघि बढाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभयो । उहाँले समितिमा सरोकारवाला निकायलाई बोलाएर छलफल गरेपछि सुधारका काम भइरहेको बताउनुभयो ।

उहाँले होटल तथा रेष्टुरेन्टमा पाम तेलमा रासायनिक पदार्थ मिसावट गर्ने प्रवृत्ति देखिएकाले त्यसलाई नियन्त्रण गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

गएराति सामान्य वर्षा, भरे राति गण्डकीका केही ठाउँमा मुसलधारे पानी पर्ने

नवलपुर,साउन २८ । गएराति देशका पूर्वी भेगका केही ठाउँहरुमा सामान्य वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी र बागमती प्रदेशका

Nawalpurfm

पत्रकार किशोर श्रेष्ठ पक्राउ

नवलपुर,साउन २८ । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई ललितपुरको आफ्नै निवासबाट प्रहरीले हिजो बेलुकी पक्राउ गरेको हो ।

Nawalpurfm

युवा सांसद–मन्त्रीलाई रविको आग्रहःपदमा रमाउने होइन, जिम्मेवार बन्नुस्

नवलपुर, साउन २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले युवा नेतृत्व सरकारमा आउनुमात्र उपलब्धि नभएको भन्दै त्यसलाई परिणाममा