‘भिन्न परिवेश, साझा आकांक्षा’भन्ने नाराका साथ कावासोतीमा ‘प्रेरणा भ्रमण’
विमा गाहा मगर । नवलपुर, साउन २३ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर कावासोती नगरपालिकाभित्र सञ्चालनमा रहेका विभिन्न उद्योग तथा व्यवसायको प्रत्यक्ष अवलोकन गर्दै युवालाई उद्यमशीलताप्रति प्रेरित गर्ने उद्देश्यले ‘युवा उद्यमशीलता अवलोकन, प्रवद्र्धन तथा प्रेरणा भ्रमण’ कार्यक्रम सम्पन्न भएको छ ।
नगर युवा सञ्जाल कावासोती नगरपालिकाको आयोजना तथा कावासोती नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको व्यवस्थापनमा शनिबार कार्यक्रम गरिएको हो । ‘भिन्न परिवेश, साझा आकांक्षा’ भन्ने मूल नाराका साथ आयोजना गरिएको भ्रमणमा सहभागी युवाले नगरभित्र सफलतापूर्वक सञ्चालन भइरहेका विभिन्न उद्योग तथा व्यवसायको अवलोकन गर्नुका साथै व्यवसायीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए ।
कार्यक्रमअन्तर्गत कावासोती–६ स्थित गौरादेवी कृषि फार्म, कावासोती–२ स्थित इन्टरनेसनल ब्युटीपार्लर फार्म, कावासोती–३ स्थित इन्द्रदेव दुनाटपरी उद्योग, कावासोती–१५ स्थित थारु गाउँ रिसोर्ट, कावासोती–१४ स्थित कामना नितु कपडा उद्योग तथा कावासोती–९ स्थित नवल मह उद्योगको अवलोकन गरिएको थियो ।
अवलोकनका क्रममा व्यवसायीहरूले आफूले व्यवसाय सञ्चालन गर्ने क्रममा भोगेका चुनौती, व्यवसायको सुरुवाती अवस्था, संघर्ष, सफलता र व्यवसायबाट प्राप्त उपलब्धिका विषयमा युवाहरूसँग अनुभव आदानप्रदान गरेका थिए । व्यवसायीहरूले युवालाई रोजगारीका लागि विदेशिनुभन्दा आफ्नै ठाउँमा सम्भावनाको खोजी गर्दै उद्यम तथा व्यवसायमा लाग्नसमेत आग्रह गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कावासोती नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत राजन पाण्डेले युवाहरूमा उद्यमशील सोचको विकास गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो । उहाँले नगरभित्रै विभिन्न क्षेत्रमा सफल व्यवसाय सञ्चालन गरिरहेका व्यक्तिहरूको अनुभवबाट युवाले प्रेरणा लिन सक्ने उल्लेख गर्दै सीप, मेहनत र निरन्तर प्रयास गरे आफ्नै ठाउँमा पनि राम्रो अवसर सिर्जना गर्न सकिने धारणा राख्नुभयो ।
पाण्डेले युवाको ऊर्जा र सिर्जनशीलतालाई उत्पादन तथा उद्यमसँग जोड्न सके नगरको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । युवाहरूलाई केवल रोजगारी खोज्नेभन्दा पनि रोजगारी सिर्जना गर्ने सोचका साथ अघि बढ्न उहाँले आग्रह गर्नुभयो।
त्यस्तै, नगर युवा सञ्जाल कावासोतीका अध्यक्ष पवन भुर्तेलले पछिल्लो समय रोजगारी तथा अवसरको खोजीमा युवाहरू विदेश पलायन हुने क्रम बढिरहेको अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको बताउनुभयो । युवाहरूले आफ्नै नगरभित्र रहेका सम्भावना, स्रोत र सफल उद्यमीका अनुभवलाई नजिकबाट बुझून् भन्ने उद्देश्यले भ्रमण आयोजना गरिएको उहाँको भनाइ थियो ।
भुर्तेलले नगर युवा सञ्जालले युवाको उद्यमशीलता र आर्थिक पक्षसँगै युवाको मानसिक स्वास्थ्य तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँका अनुसार सञ्जालको पहलमा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम तथा रक्तदान कार्यक्रमसमेत सम्पन्न गरिएको छ । युवाहरूको शारीरिक तथा मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक सेवामा युवाको सहभागिता बढाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
भुर्तेलले युवाहरू जुनसुकै पेशा वा व्यवसायमा संलग्न भए पनि अन्ततः कावासोती नगरपालिकालाई सक्षम, आत्मनिर्भर र समृद्ध बनाउनु साझा उद्देश्य रहेको बताउनुभयो । स्थानीयस्तरमै अवसरको पहिचान गरी युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्न सके विदेश पलायनलाई समेत न्यूनीकरण गर्न सकिने उहाँले धारणा राख्नुभयो।
कार्यक्रममा कावासोती नगरपालिका, वडा नं.३ का वडाध्यक्ष डोरमान गिरी, नगर युवा सञ्जालमा आबद्ध युवा सहभागी, नगरवासी तथा नवलपुरका सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
भ्रमणले युवालाई स्थानीय उद्यमको सम्भावना पहिचान गर्न, सफल व्यवसायीका अनुभवबाट सिक्न तथा आफ्नै ठाउँमा उद्यम गर्ने वातावरण निर्माण गर्न प्रेरणा मिलेको आयोजकले जनाएको छ र आइताबार र सोमबमर नगरपालिकामा नमूना नगर सभा हुने जानकारी दिएको छ ।

देवचुलीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक घाइते
नवलपुर,साउन २८ । नवलपुरको देवचुली नगरपालिका–१७ झरहेखोलास्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। बिहीबार बिहान

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कावासोतीमा २ दिने नमुना युवा नगरसभा सम्पन्न
विमा गाहा मगर । नवलपुर,साउन २५ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नवलपुरको कावासोतीमा दुईदिने नमुना युवा नगरसभा सम्पन्न भएको छ। कावासोती

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कावासोतीमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम
नवलपुर, साउन २१ । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा कावासोतीमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। भिन्न परिवेश, साझा


प्रतिकृया दिनुहोस